लण्डन । अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज इनासको आठौं युरोप महादेशीय कार्यक्रमको तयारी तिब्र रुपमा अगाडि बढेको छ। अप्रील ३ र ४ का दिन जर्मनीको म्युनिखमा आयोजना हुन लागेको युरोपस्तरीय आठौँ नृत्य र पाचौं गायन प्रतियोगिता सहित हुने इनासको आठौं युरोपियन क्षेत्रीय सम्मेलनमा गायन र नृत्यका लागि भाग लिन ईनास बेलायतले मार्च १ आईतबार १२ बजेबाट अडिसन लिने तयारी गरेको छ ।
१३ बर्ष पुगेका बेलायतमा बस्ने नृत्य र गायनमा दख्खल जो कोहीले पनि ईनास यूकेलाई अडिसन दिन सक्नेछ । अडिसनका लागि अन्तर्राष्ट्रीय नेपाली कलाकार समाज , यूकेको सदस्यता लिएको हुनु पर्नेछ । अडिसनका लागि भने कुनै शुल्क तिर्नु नपर्ने आयोजकले जानकारी गराएको छ । कार्यक्रम जर्मनमा हुने भएकोले राहदानी भिषा तथा आवश्यक परामर्शका लागि अडिसनमा छनोट हुनेले विलम्ब नगरी आयोजकसंग सम्पर्क राख्न भनेको छ ।
नजीक हुनेले प्लमस्टेड गोर्खा क्लव र टाढा हुनेले आ आफ्नो स्थानबाटनै अडिसन दिन सकिने ईनासले जनाएको छ ।
अडिसनका लागि संगित पर्वद्धन समितिका संयोजक सर्वेन्द्र अधिकारी ( 07428732663 ) , दिपक थापा (07711155542) सुजन पराजुली ( 07539465997 ) र नृत्य संयोजक शिम्मी पुन ( 07983540429 ) लाई सिधै सम्पर्क गरी आवश्यक जानकारी लिन सकिने ईनास यूकेले बताएको छ ।