२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

एनआरएनएले गठन गरेको नेपाल भ्रमण बर्ष विशेष समितिको अध्यक्षमा भट्ट नबस्ने

1085 Shares
Spread the love

भोला लामिछाने, यूरोप ।गैर आवासिय नेपाली संघ (एनआरएनए) ले गठन गरेको भिजिट नेपाल २०२० विशेष समिति बिवादमा परेको छ ।

उक्त समितिका अध्यक्ष भवन भट्टले आईसीसीले समितिका सदस्य छनौटमा हस्तक्षेप गरेको बताउंदै उक्त समितिको नेतृत्वमा नबस्ने जानकारी गराएका छन् ।

एनआरएनए महासचिव हेमराज शर्मालाई सम्वोधन गर्दै एनआरएनए पूर्व अध्यक्ष भट्टले उक्त जानकारी गराएका हुन् । भट्टद्धारा महासचिवलाई प्रेषित पत्रमा आईसीसीले यसरी माइक्रोे लेवलमा हस्तक्षेप गर्नुलाई दुर्भाग्यपूर्ण भएको समेत उल्लेख गरेका छन् । यही कारणले आफूले समितिको अध्यक्ष पद अस्विकार गरेको पनि भट्टले उल्लेख गरेका छन् ।

नेपालले सन् २०२० लाई भिजिट नेपाल बर्षका रुपमा मनाउंदै आएको छ । सरकारको विशेष प्रथामिकता प्राप्त यस कार्यक्रम मार्फत २० लाख पर्यटक नेपाल भित्र्याउने लक्ष्य राखिएको छ । यसका लागि एनआरएनएले विभिन्न देशमा प्रवद्र्धनात्मक कार्य गरिरहेको छ ।

भवनले आफुले एनआरएनएको उक्त नेपाल भ्रमण बर्ष विशेष समितिको अध्यक्ष नरहेपनि यसको सफलताका लागि भने सकृय भईरहेने उल्लेख गरेका छन् ।

नयां कार्यसमिति आएको एक सय दिन यता एनआरएनए विभिन्न बिवादमा पर्दै आएको छ ।

प्रतिक्रिया