लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए यूके) बेलायतका उपाध्यक्ष प्रेम गहामगरले एनआरएनए आईसिसि सदस्यमा मनोनित रामशरण सिम्खडाले अनावश्यक हस्तक्षेप गरेको आक्षेप लगाएका छन । आगामी ५ मार्चमा एनआरएनए यूकेको १५ आंै स्थापना दिवस मनाउने तयारीमा जुटेका संयोजक सिम्खडा माथि आक्षेप लागेको हो । बेलायतस्थित व्यापारीबाट चन्दा संकलन गरि संस्थापकको नाममा आफैले आफ्नो सम्मान गर्न तयारी गरिरहका सिम्खडालाई एनसीसीमा हस्तक्षेप नगरि पदीय मर्यादा अनुसार काम गर्न गहामगरले सुझाएका हुन् । उक्त कार्यक्रमका संयोजक रहेका सिम्खडा आईसिसि सदस्य सहित आईसिसि अन्तर्गत रहेको पोलिस तथा प्रोस्यूडर समितिको जिम्मेवारीमा छन । उनी संस्थापक मध्येका एक हुन ।तरपनि एनसिसिमा उनको कुनै जिम्मेवारी छैन । बुधबार एक विज्ञप्ती जारी गर्दै उपाध्यक्ष गहामगरले अपारदर्शी गतिविधि नगर्न तथा निर्वाचनताका विभाजित समाजलाई थप विभाजित नपार्न चेतावनी दिएका छन ।
यस्ता कार्य गर्न कार्यसमिमि सक्षम रहेकाले आईसिसिले जे कामका लागि मनोनयन गरेको हो त्यही गर्न आग्रह गरिएको छ ।
आफ्ना निकटलाई सामाजिक संजालमा प्रचार गर्न लगाउदै आफूलाई केन्द्रमा राखि आईसिसि सदस्य सिम्खडाले व्यापारी सँग चन्दा उठाउने र सम्मान गर्ने कार्यलाई तीव्रता दिईरहेका छन ।