२०८३, १२ असार शुक्रबार
×

ट्रेन्डिङ

सङ्घीयताका कारण देश बर्बादी तर्फ, राजतन्त्र फर्काउन जुटौँ : कमल थापा

3046 Shares
Spread the love

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले संघिय व्यवस्थाका कारण मुलुक असफलताको बाटो तर्फ अघि बढेको बताउनुभएको छ।
राप्रपा संगठन विभागले आईतबार काठमाडौ आयोजना गरेको कार्यक्रममा अध्यक्ष थापाले अहिले देखा परेको कमी कमजोरी र असफलता संघिय व्यवस्थाका कारण नै भएको बताए ।
उनले अहिलेको असफलता केवल व्यक्तिको असफलता मात्र नभएर प्रधानमन्त्री केपी ओली र नेकपा अध्यक्ष प्रचण्डको स्थानमा काँग्रेस सभापति शेर बहादुर देउवा भएको भएपनि परिस्थिति अहिलेको भन्दा दोब्बर खतराको अवस्थामा पुग्ने बताए ।
अध्यक्ष थापाले अहिलेको कमजोरी र असफलता नीतिगत व्यवस्थाको असफलता भएको तर्क गरे । उनले संविधानले दिएको स्वतन्त्रताको अधिकारलाई टेकेर फरक बिचार बोकेर हिँडेको भन्दै अब आफ्नो एजेण्डालाई स्थापित गर्न शसक्त रूपले अघि बढ्नुपर्ने बेला आएको बताए ।
उनले राष्ट्रवादीहरूले फुटेर नभई जुटेर अघि बढ्ने बेला आएको उल्लेख गरे ।

प्रतिक्रिया