लन्डन । गैरआवासीय नेपाली संघ(एनआरएनए यूके) बेलायतमा गत साता पहिलो नम्बरमा मनोनयनमा परेका पूर्वउपाध्यक्ष शेर सुनारले सल्लाहकार पद अस्वीकार गरेका छन । एनआरएनए यूके निर्वाचनमा अपारदर्शी ढंगलले खर्च गरि चार करोड रुपैयाँ अपचलन भएको सामाचार बाहिर आइसकेको अवस्थामा सल्लाहकार पदमा बस्न नमिल्ने भएकोले उनले पद अस्वीकार गरेका हुन । सुनारले एक स्वतन्त्र छानविन आयोग गठन गरि चार करोड अपचलनका बारेमा सत्य तथ्य बाहिर ल्याउन एनआरएनए यूके अध्यक्ष पुनम गुरुड. समक्ष माग पनि गरेका छन ।
विज्ञप्तीसहित
आदरणिय बेलायतवासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरु ।
नमस्कार ।
बिषयः सल्लाहकारको पद अस्वीकार गरिएको बारे ।
महोदय,
उपरोक्त बिषयमा हालै एनआरएनए युकेले नेपाली समुदाय बेलायतको विभिन्न संघसंस्थामा आवद्ध रहनुभएका १६५ जना महानुभावहरुलाई एनआरएनए युकेको सल्लाहकारमा मनोनयन गरेको कुरा विभिन्न संचार माध्यमबाट जानकारी प्राप्त भएको छ । मनोनित १६५ जना मध्ये मलाई १ नम्बरमा नै मनोनयन गर्नुभएकोमा वर्तमान कार्य समितिकी अध्यक्ष पुनम गुरुङज्यू लगायत सिंगो कार्यसमितिलाई धन्यवाद दिन चाहन्छु ।
वर्तमान आईसीसी सदस्य श्री योग कुमार फगामीज्यू अध्यक्ष, एनआरएनए युकेकी वर्तमान अध्यक्ष श्रीमति पुनम गुरुङज्यू र म ९शेरबहादुर सुनार० स्वंय पनि उपाध्यक्ष रहेको यसभन्दा अघि ९सन् २०१७–२०१९० को कार्यससमितिले ९ औं महाधिवेशनको क्रममा अपारदर्शी ढंगले खर्च गरेको कुरा बाहिर आएको छ । हिसाव किताब दुरुस्त नराखेको, निर्वाचनलाई नै प्रभावित गर्ने गरि मनमानी रुपले थलालिङ्ग खर्च गरेकोले करिब चार करोड रुपैयाँ भ्रष्टाचार भएको कुरा सामाजिक संजाल लगायत केही अनलाईन मिडिया र पत्रपत्रिकाहरुमा आएको छ । म स्वंय पनि यस अगाडीको कार्यसमितिको उपाध्यक्ष थिए । अतः उक्त समयको हिसाव कितावको खोजविन गर्नु र सत्य तथ्य बाहिर ल्याउनु मेरो पनि कर्तव्य हुन आउछ । सर्वसाधारण नेपालीहरुबाट जम्मा पारिएको करौडौ रुपया माथि भएको भ्रष्टाचारको जब सम्म पूर्ण रुपमा छानविन गरिदैन तबसम्म सल्लाहकार पदमा बस्न नसक्ने कुरा तपाइहरुबीच उद्घोष गर्न चाहन्छु । साथै, नवनियुक्त सबै सल्लाहकारज्यूहरुमा समेत पदको जिम्मेवारीमा बस्नु भन्दा पहिले सो चार करोड रुपैयाँको भ्रष्टाचारको निष्पक्ष छानविन गरि सत्यतथ्य पत्ता लगाउन आवश्यक भएको कुरा तर्फ ध्यान जाने अपेक्षा गरेको छु ।
त्यति ठूलो धनराशी भ्रष्टाचारको आरोप मिडियामा आएको हुनाले सत्यतथ्य के हो त रु यसबारे वर्तमान कार्यसमितिले आवश्यक छानविन गर्नुपर्नेमा एकातिर एका एक सल्लाहकार चयन गर्नु, अर्कोतर्फ मिडियामा आएका कुराप्रति कुनै प्रतिक्रिया नजनाउनुले बेलायतवासी नेपालीहरु शसंकित हुनु स्वभाविकै हो । म स्वंयम पनि सोही कार्यसमितिको उपाध्यक्ष भएको हुँदा त्यो आरोप म प्रति पनि हो । तर, म कार्यसमितिको उपाध्यक्ष भएता पनि तत्कालिन अध्यक्ष फगामीज्यूले कार्यसमितिको बैठकबाट निर्णय गरी आवश्यक ठाउँमा मात्र नियमानुसार खर्च गर्नुपर्नेमा त्यसो नगरी, आफ्नो ईच्छानुसार खर्च गर्नुले पनि आर्थिक पारदर्शिकता माथि शंका उब्जिएको हो ।
१४ हजारभन्दा बढी पञ्जिकृत सदस्य भएको एनआरएनए युकेमा यस्ता आर्थिक अनियमितताको विषय बाहिर आउनु र त्यस्तो भ्रष्टाचारको छानविन नगरी ढाकछोप गर्न खोज्नुले सिंगो बेलायतवासी नेपालीहरुको सम्मानमा चोट पुगेको छ । यस्ता अपचलनहरुप्रति वर्तमान कार्यसमिति सजग हुनुपर्दछ । सत्यतथ्य बाहिर ल्याउनका लागि एक स्वतन्त्र छानविन समिति गठन गर्नुपर्दछ र वास्विकतालाई बाहिर ल्याउन जरुरी छ ।
अन्त्यमा एनआरएनए युके भनेको तपाई हामी सबै बेलायतवासी नेपालीहरुको साझा संगठन हो । कुनै पनि संगठनमा आर्थिक पारदर्शीता प्रश्न उठ्छ भने त्यहाँ छानविन हुन जरुरी छ । तसर्थ, यथाशक्य छिटोभन्दा छिटो छानविनका लागि एक स्वतन्त्र र उच्च स्तरीय छानविन समिति गठन गरी सत्यतथ्य बाहिर नल्याएसम्म मैले एनआरएनए युकेको सल्लाहकारको जिम्मेवारीमा बस्न नसक्ने कुरा यसै विज्ञप्तिमार्फत एनआरएनए युकेकी अध्यक्ष श्रीमति पुनम गुरुङ लगायत एनआरएनए युकेका सम्पूर्ण पदाधिकारी तथा सदस्यज्यूहरुमा हार्दिक अनुरोध गर्न चाहन्छु ।
भवदीय,
शेर बहादुर सुनार
निवर्तमान उपाध्यक्ष, एनआरएनए युके