क्यालिफोर्निया/ अमेरिका नेपाल सोसाइटीको वार्षिक साधारण सभा सम्पन्न भएको छ।

समाज सेवी बेद भक्त जोशीको सभापतित्वमा आयोजित सभामा पशुपतिनाथ तथा बुद्ध मन्दिर प्रतिनिधि श्री रामचन्द्र लामिछाने, नेपाल अमेरिका एकता समाज प्रतिनिधि नबिन पोख्रेल लगायत अन्य विशिष्ट व्यक्तित्वहरुको उपस्थित रहेको थियो।

निर्वाचन प्रमुख भुतपुर्व सस्थाका अध्यक्ष सुर्यमान श्रेष्ठ , अनिल प्रधान ,अर्जुन त्रिपाठी लगाएत ३ सदयीय निर्बाचन समिति गठन गरी उक्ता निर्बाचन सम्पन्न गरेको थियो।

साधारण सभाको निर्वाचनबाट २ बर्षका लागि नयाँ नेतृत्व समेत चयन गरेको छ । नयाँ नेतृत्वमा अध्यक्ष एकदेव शर्मा सहित नयाँ कार्यसमिति चयन भएको हो । उप- सभापति- हेम बहादुर ठकुल्ला , कोषाध्यक्ष- मोहन शर्मा , सचिब र बरिस्ट उपसभापतिमा ( खुला ) रुपमा लक्षमण अधिकारी मनोनयन गरेको छ।

साधारण सभाको निर्वाचन पछि सभापति बेद भक्त जोशी, निबर्तमान अध्यक्ष चिरनजीबी गौतम, भुतपुर्व सस्थाका अध्यक्ष सुर्यमान श्रेष्ठ, पशुपतिनाथ तथा बुद्ध मन्दिर प्रतिनिधि श्री रामचन्द्र लामिछाने नेपाल अमेरिका एकता समाज प्रतिनिधि नबिन पोख्रेल लगायतले नयाँ कार्यसमिति शुभकामान दिएको थिए।

संस्थामा अन्य योग्य पदाधिकारी हुदाहुदै पनि सबैलाई नया कार्य समितिमा निर्बाचित गर्न नसकेकोमा खल्लोपनको महसुस भएको संस्थाका निबर्तमान अध्यक्ष चिरनजीबी गौतमको भनाई थियो।

उहाले अन्तमा नान्किन रेस्टुरेन्टका संचालक दिनेश शाह प्रती हार्दिक धन्यवाद दिनु भएको छ।