२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

एनआरएन यूके विवादको भुमरीमा : ५ मार्चको कार्यक्रम सस्थापकहरुले नै बहिस्कार गर्ने

1448 Shares
Spread the love

लण्डन । एन आर एन युके आर्थिक अनियमितताको बिबाद सेलाउन नपाउदै फेरी अर्को बिबादको भुमरीमा फसेको छ । गत सेप्टेम्बरमा सम्पन्न चुनाबमा व्यापक धाधली ,अनियमितता र एक पक्ष्यको बहिस्कारका बीच हाल नेतृत्व गरिरहेकी अध्यक्ष्य पुनम गुरुङलाइ यसको स्थापनाकालदेखि नै बिबादास्पद केहि व्यक्तिहरुका कारण झन् बिबादास्पद बनाएको छ ।

आउदो मार्च ५ तारिखमा एन आर एन युकेको १५औ स्थापना दिवस मनाउने भनी उक्त कार्यक्रमका लागि बेलायतका सर्बाधिक बिबादास्पद व्यक्ति रामशरण सिम्खडालाइ संयोजक तोके पछि बिबाद बढेर सस्थापकहरुलेनै उक्त कार्यक्रममा सहभागी हुन नैतिकताको आधारमा नमिल्ने बताएका छन । स्थापनाकाल देखि नै आर्थिक लगायतका बिभिन्न काण्डहरुमा मुछिएका सिम्खडा संयोजक भएपछी सस्थापकहरुले सहभागी नहुने जानकारी दिएका हुन् । एन आर एन आइ सी सी सदस्य समेत रहेका सिम्खडाले गत निर्वाचन ताका केन्द्रिय बिधान र सामान्य नैतिकताको समेत बर्खिलाप एक समुहका केहि उम्मेदवारहरुको निर्वाचन घोषणा सभामा अर्को पक्षलाइ हराउन खुलेयाम भाषण गर्दै हिडेका थिए ।

त्यस्तो अबैधानिक र अनैतिक कार्यको विरुद्ध तत्कालिन ४ जना उपाध्यक्ष्यहरु र हालका आइ सी सीमा निर्वाचित सदस्यहरुले एक प्रेस बिज्ञप्ति र केन्द्रिय अध्यक्ष्य लाइ पत्र लेखेर सिम्खडालाइ कारबाही गर्न माग गरेका थिए । निर्वाचनताका समेत विभिन्न आर्थिक लेनदेन गरि सिम्खडा धादली र अनियमिततामा संलग्न भएको बर्तमान कार्यसमिति र आइ सी सी सदस्यहरु बताउछन । यस्तो परिस्थितिमा सिम्खडा संयोजक भएको कार्यक्रममा सहभागी हुन नसक्ने उनीहरुको तर्क छ । कार्यसमितिका निबर्तमान पदाधिकारी, सदस्य र सल्लाहकारहरु समेत उक्त कार्यक्रममा सहभागी नहुने बताउछन् ।

त्यसो त एन आर एन युकेका हालका सदस्य र सल्लाहकार तथा थुप्रै सामाजिक योगदान दिएका एन आर एन अभियन्ताहरु समेत एन आर एन युकेको हालको आर्थिक अनियमितताको छानबिन र फर्च्योट नभएसम्म यस्तो बिबादास्पद कार्यक्रममा सहभागी भएर कलंकको साक्षी बन्न नहुने बताउछन् । सामाजिक संजालमा समेत उक्त बिबादास्पद कार्यक्रमको टिका टिप्पणी भैरहेको छ ।

एन आर एन अभियानमा सक्रिय अल्डरसट निवासी बिक्रम भट्टराईले आफ्नो वालमा लेखेका छन् -” आज ठिक छ महिना लागेछ पाँच महिना सकिएर एनआरएनए युके को निर्वाचन सम्पन्न भएको पनि । लगभग हरेक बेलायती नेपालीलाई अवगत भएकै कुरा हो गएको निर्वाचन र त्यसका घट्नाक्रमहरुले बेलायती नेपाली समाजमा छोडेका डाँमहरु पक्कै सग्ला छैनन । विशेष रुपमा एनआरएनएयुके प्रतिको आम दृष्टिकोण सकारात्मक छैन भन्न हिच्किचाउन पर्दैन ।

गएको पाँच महिना हालको कार्यसमिति र यसलाई समर्थन गर्नेहरुको मुख्य समय ढाकछोप र प्रतिकुल धारणा राख्नेहरुलाई घेर्ने सम्मको कोशिश मै बितेको देखिन्छ, त्यसैको परिणामस्वरूप कति एनआरएनएयुकेका शुभ चिन्तकहरु र एउटा स्वतंत्र बुद्धिजीवी समुदाय त यो कार्यकाल भरी टाढै बस्ने निर्णय नै गरेको पनि सुन्न मा आएको छ, भने यो कार्यसमितिका विपक्षमा देखिनेहरुले जसरी हुन्छ यसलाई बदनाम गराउने, हुदै नभएका कुराहरु लाई पत्रकार को हवाला दिएर अनर्गल प्रचार गर्ने, हरेक निर्णयहरुलाई राजनिती को नज़र ले हेर्ने, विभिन्न अनावश्यक विषयहरुलाई उचाल्ने र असफल गराउने प्रयत्न मा लागेको प्रष्ट बुझिन्छ ।

तर यसो भनिरहँदा के कुरा बिर्सन हुदैन भने स्पष्ट रूप मा विभाजित समाजलाई निर्वाचनबाट विजयी भएर आएको कार्यसमिति र यसको नेतृत्वले एकै ठाऊँमा ल्याउने प्रयास स्वरुप विभिन्न पदहरु बाँडेर ‘मन्साउने’ प्रयास गर्ने क्रममा , एकाघरका तिन सदस्यहरुलाई सल्लाहकार बनाउनु, एकै व्यक्ति दुई भन्दा बड़ी पदमा मनोनीत गरिनु, एउटै समुदायबाट ४५ भन्दा धेरै सल्लाहकार मनोनीत गर्नु, गएको निर्वाचन मा अध्यक्ष मा पराजित व्यक्तित्वलाई आर्थिक अनियमितता सम्वन्धित समिती को संयोजक बनाउन माँग भईरहेको बेलामा सल्लाहकार को एक नम्वर मा थन्काईदिनु, लगभग सबै निर्वाचनमा पराजितहरुलाई कोअप र सल्लाहकार बनाईनु, निर्वाचनमा साम दाम दंड भेद सहित लागेकाहरुलाई कुनै न कुनै रुपमा पुरस्कृत गर्न कोशिश गर्नु ले उद्देश्य एकातीर परिणाम अर्कैतीर जस्तो देखीदैछ ।हो हामी बीच बैचारिक लगायत विभिन्न असहमति हुन सक्छन यी यावत विविधता मध्य एउटा सत्यता के हो भने हामी सबैको नामको अगाडी या पछाडी ‘एनआरएन’ को फुर्को सधै झुण्डीरहने छ । हामीहरु मिलेर अगाडी बड्नुको कुनै अर्को विकल्प छैन , त्यसको लागी असन्तुष्ट पक्ष भन्दा नेतृत्वमा बसेकाहरुको ज़िम्मेवारी संधै अहम हुन्छ । वास्तवमा नेतृत्वको सफलता र असफलता को कसी पनि सबैलाई समेट्ने या एक्लै हिड्ने त्यसैको आधारमा तय हुनेछ ।”

त्यस्तै सुबास कायस्थ कमेन्ट गर्दै लेख्छन – “उत्सव मनाऊने समय, पैसा र ऊर्जा अरु कुनै उपलब्धिमुलक काममा खर्च गरे जनता जनार्दन सबैको अझै भलो हुनेथ्यो जस्तो लाग्छ।”

अर्का टिप्पणीकर्ता बोज राज व्यंग्य गर्दै लेख्छन – “बेबी शावर मनाएर, बर्थ्डे मनाएर, एनिभर्सरी मनाएर अहिले स्थापना दिवस मनाइदै छ, यी सबै दिवस मनाउन भन्दा स्वच्छ निर्वाचन, इभोटिङ र आर्थिक पारदर्शिता मा जोड दिन सके कति राम्रो हुन्थ्यो तर आफ्ना आफ्ना प्राथमिकता होलान्, “कसैलाई के को हतार, घर ज्वाइ लाई खानको” भने झैं! शुभकामना!”

त्यस्तै कुमार गुरुङ ले लेखेका छन् ” एन आर एन युके लाई यो गरे पनि सुख छैन त्यो गरे पनि सुख छैन! तर यो Reflect & Respect स्थापना दिवश भन्दा पहिला आर्थिक बिवादलाई समाधान गर्नु पर्छ।”

बलराम मैनाली लेख्छन – “एमपायर हलको मालिक लाई धनि बनाउने योजना” । अर्का टिप्पणीकर्ता बोज राज व्यंग्य गर्दै लेख्छन – “अङ्ग्रेजी मा “स्थापना दिवस” मनाएको कतै सुन्नु भा’छ, anniversary सम्म चाहिँ सुनिएको छ!”

एनआरएन युकेकै सस्थापक सदस्य समेत रहेका थर्क सेन लेख्छन -” खै NRNA दिवस भनौ भने October 11 मा हो वा यो NCC को वा ICC को कार्यक्रम हो? फेरि म आफै पनि सस्थापक सदस्य नै हु ।जे पायो त्यहि हुन लाग्यो सम्मानित सस्था मा !”

स्रोतका अनुसार एनआरएन स्थापनाको अवसर पारेर फेरी पनि संयोजक सिंखडाले व्यापारीहरुसँग पैसा उठाउन सुरु गरेका छन् ।

प्रतिक्रिया