2800
Shares
लण्डन । नेपाली डायस्पोरामा पछिल्लो पटक सबैको मानसपटलमा स्वतफुर्त परिचय हो प्रभु गुरुङ्ग ।
कोरीयोग्राफर हुदै निर्देशकका रूपमा परिचित उनले पछिल्ला दिनहरुमा पुप्रान प्रोडक्सन युकेका नामबाट आफ्नो व्यवशायिक यात्राको शुरुवात गरेका छन ।
पुप्रान प्रोडक्सनको दोश्रो प्रस्तुती ” चट्ट परेर” बजारमा आएको छ । लोक आधुनिक मिश्रणमा आएको गितलाई स्वीट्ली गुरुङ्गले गाएकी हुन ।
भजन गुरुङ्गले लेखेको गितमा रजनी गुरुङ्ग र दिपक थापा मगरको अभिनय रहेको छ । सुमन श्रेष्ठ र गुणदेव घिमिरेले खिचेको चट्ट परेरलाई विपिन आचार्यले एरेञ्ज गरेका हुन भने संगित अंजना गुरुंगको रहेको छ।
बेलायतको मुख्य शहर र रमाईला दृष्यमा खिचिएको भिडियोलाई नबिन नीरौलाले व्यवस्थित गरेका हुन भने श्रृगारमा पुष्पा गुरुङ्गले साथ दिएकी छिन ।