२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

वाधा र अवरोधका माझ हिमाल सागर साँझ भब्य र सभ्य रूपमा सम्पन्न

924 Shares
Spread the love

लण्डन । क्रोयडनमा बस्ने नेपालीहरूको समुहले आयोजना गरेको हिमाल सागर भ्यालेन्टाइन साँझ विभिन्न बाधा , अड्चनका वाबजुद पनि सफल रुपमा सम्पन्न भएको छ ।

नितान्त नेपाली संगित र प्रणय दिवशको शुभकामनाका लागि गरिएको भेटघाटलाई विथोल्ने अभिप्रायले कार्यक्रमलाई अतिरञ्जित वनाउने प्रयास गरिएको थियो । क्रोयडन वरीपरी १०० को हाराहारीमा नेपालीहरुको बसोबास रहेको छ ।

एउटा राष्ट्रिय कलाकारको सम्मान अनि भेटघाटमा केहि नेपाली साथीहरूको छुद्र र सानो चित्तको व्यवहारले हामीलाई लाज लागेको छ । नितान्त मनोरञ्जनका लागि आयोजना गरिएको यो सुखद साँझलाई दुर्गन्धित बनाउन उहाँहरूले खेलेको भूमिका अक्षम्य छ , उपस्थित एक दर्शकले गुनासो गरे । इभेन्ट लाइसेन्स , फुड लाइसेन्स , हेल्थ सेफ्टीका कुरा आवश्यक छ । त्यो कुराको अनुभव हामी माझ छलफल गर्न सकिन्थ्यो तर बदला लिने र कार्यक्रम बिथोल्ने मनसायले काउन्सीललाईनै रिपोर्ट गरेर दिएको दुःख बिर्सन नसकिने छ अर्का उपस्थित दर्शक तथा आयोजक मध्य एकले कुरा राखे ।

यो एउटा गतिलो पाठ हो हामीले धेरै सिक्यौ , हामीसंग मिलेर जानुको विकल्प छैन त्यसैले यस्ता खाले अस्वस्थ अभ्यासलाई रोकेर सुन्दर वातावरण निर्माण गर्नुनै उत्तम समाधान हुने कार्यक्रम आयोजकले भनेको छ ।

कार्यक्रमलाई सफल बनाउन क्रोयडन नेपाली समाजका पूर्व अध्यक्ष नवीनकुमार कार्की , पूर्व उपाध्यक्ष रिमा कँडेल , सरोज खतिवडा , अञ्जना खतिवडा , विजयजंग थापा , परशुराम पौडेल लगाएत साउण्डमा आस्तिक कंडेल र खानपिनमा श्याम शेरचन लगाएतले अहम भूमिका खेलेका थिए ।

चर्चित गायक हिमाल सागरको साथमा स्थानिय गायक आवेश कुइकेलले पनि आफ्नो प्रस्तुति दिएका थिए ।

प्रतिक्रिया