907
Shares
लण्डन । ‘भिजिट नेपाल २०२०’ लाई प्रभावकारी बनाउन र धेरै भन्दा धेरै पर्यटक भित्र्याउने उदेश्यले चितवन जिल्लाबाट बेलायत आइ बसोवास गर्ने नेपालीहरुको संस्थाका रुपमा परिचित चितवन एड ट्रस्ट (क्याट) यूकेले नेपालको लागी गर्ने फेब्रुरी १६ तारिक गर्न लागेको पद यात्रा स्थगित भएको छ ।
सस्थाका अध्यक्ष जिबन सेन अनुसार कार्यक्रम हुने दिनमा बेलायतको मौसम बिभाग तथा बिबिसीले ठुलो बर्षा तथा हावाहुरी हुने पूर्व अनुमान गरेको र यसले पद यात्रामा कठिनाई हुने भएकाले स्थगन गरेको जानकारी दिए ।
स्थगित उक्त पद यात्रा अब मार्च १५ २०२० मा हुने सस्थाका महासचिब टि यन रिजालले जानकारी दिए ।