रेडिङ्ग । ग्रेटर रेडिङ्ग नेपाली समाज यूके र रेडिङ्ग एमेंस्टी इन्टरनेशनल को संयुक्त प्रयासबाट नेपाली महिला मानवअधिकार सम्बन्धि जनचेतनामूलक अन्तरक्रिया कार्यक्रम सफलता पूवर्क सम्पन्न भएको छ l ६५ जना भन्दा बढि महिलाहरुको उपस्थिति रहेको उक्त कार्यक्रममा वर्कसायर वोमन एंड कम्यूनिटी कनेक्सन लगायत विभिन्न संघ संस्थाबाट पनि महिला प्रतिनिधिहरुको उपस्थिति रहयो l कार्यक्रममा मुलतः नेपाली महिलाहरुको बिध्यमान अवस्था, प्रचलित कानुन र महिला मानवअधिकार हनन सम्बन्धि इस्यूहरु तथा त्यसमा गरिनु पर्ने सुधारहरुको बारेमा ब्यापकरुपमा छलफल गरियो l

कार्यक्रम एमेंस्टी इन्टरनेशनल को तर्फबाट हिलारी बिदिले स्वागत मन्तब्य व्यक्त गर्नु भएको थियो l वहाले कार्यक्रमको उदेश्यबारे जानकारी गराउदै मानवअधिकारको बिषयमा अन्तरराष्ट्रिय मान्यता बारे प्रष्ट पार्नु भयो साथै संसारभरि रहेका मानवहरुको भेदभाव, हिम्सारहित, स्वतन्त्र र सुरक्षित जीवनयापन गर्न पाउनुपर्छ भन्ने कुरामा जोड दिनुभयो l अर्का वक्ता आन्द्रेय किमरोखले नेपालमा एमेंस्टी इन्टरनेशनले गरिरहेका
कार्यहरु र गतिविधिहरुमाथि प्रकाश पर्नु भएको थियो l
यसैगरि दुर्गा ढकाल ले नेपालमा बिध्यमान महिला मानवअधिकार हनन सम्बन्धि इस्युहरुमा बिस्तृत रुपमा छलफल गर्नु भएको थियो l पितृसतात्मक समाजको कारण महिलाहरु कसरी शिक्षा, स्वास्थ्य, सम्पति, नागरिता र सांस्कृतिक समाबेशितामा विभेदको चपेटामा परिरहेको छन् भन्ने कुराको अनुसन्धानमूलक खोजको ब्याख्या गर्नुको साथै महिला बेचबिखन, घरेलुहिंसा , धर्मसंस्कृतिका कारण महिलाहरुमा हुने हिंसा तथा प्रभावकारी स्वास्थ्यसेवाको अभावले गर्दा महिलाहरुले भोग्दै आएको स्वास्थ्य सम्बन्धि समस्याका जटिलताहरुको पनि डाटा प्रस्तुत गरियो l त्यसैगरि बालबिबाह, दाइजो, बोक्सी, छाउपडि, देउकी, बादी लगाएतका कुरितिहरु र कुसंस्कारको प्रचलन र निरन्तरताले गर्दा उत्पन्न भएका मानवअधिकार हननका घटनाहरुको बारेमा तथ्यांक सहित प्रस्तुत गर्दै आगामी दिनहरुमा महिला मानवअधिकार कसरी सुरक्षित गर्न सकिन्छ भन्नेबारे सुझाव समेत पेश गर्नु भएको थियॊ l

वर्कसपमा प्रेरणा दाहालले बेलायत जस्तो बिकसित देशमा बसेर पनि नेपाली महिलाहरु कसरी घरेलु हिंसामा परि रहेको छन् भन्ने कुरा बताउनु भयो र नेपाली समुदायमा बालबिबाह, जबरजस्ती बिबाह यदपि विद्यमान रहनुका साथै भाषागत समस्या, संस्कार र संस्कृतिले गर्दा नेपाली महिलाहरु शिक्षित भएर पनि आफूमा आत्माविश्वासको कमि रहेको जानकारी गराउनु भयो l
कार्यक्रमको दोस्रो चरणमा बेलायतमा बस्ने नेपाली महिलाका समस्या र इस्यूहरुलाई समूहगतरुपमा छलफल गरियो l कार्यक्रममा कल्पना पण्डितले सबैसहभागि दिदीबहिनीहरुलाई निर्धक्क भएर आफना विचारहरु प्रत्यक समूहमा राख्न र समूह समूहबाट आएका सुझाबलाई अगाडि मन्चमा आएर प्रस्तुत गर्न जानकारी गराउनु भयॊ l
सहभागिहरुको तर्फबाट चन्द्र बरनवाल, तुलसा सुबेदी, निराजा थापा, सपना सुबेदी, निशा शर्मा, निर्मला न्यौपाने, सनमाया गुरुङ, नबिता निरौला, शेरया पौडेल, शुभा अधिकारी, गोमा महेली, जानकी कायस्थ लगायत अन्य महिलाहरुले पनि आफनो आफनो विचार राख्नु भएको थियो l सबै सहभागि महिलाहरुले वर्कसपबाट धेरै जानकारीहरु प्राप्त गरेको, कार्यक्रम शिक्षाप्रद रहेको र समाजमा परिवर्तन गर्न र महिला हिंसालाई न्यूनीकरण गर्नको लागि पुरुषहरुलाई पनि संलग्न गराएर पुन यस्तै प्रकारका चेतनामूलक कार्यक्रमहरु गरिनु पर्नेमा जोड दिनु भएको छ l
महिलाहरुले परिवार र समाजका इज्जत लागि कहिलेसम्म हिंसाको चपेटामा परिरहनुपर्ने भन्नेकुराको प्रश्नले केहिसमय कार्यक्रम हलको वातावरण भाबुक बनेको थियो l
कोपिला सिटौलाले कार्यक्रमको मुल्यांकन तथा अन्तमा प्रस्तुत गर्दै परिवर्तनलाई आफूबाट नै सुरुवात गर्नु पर्ने, छोरा र छोरीलाई बराबरी
व्यहबार गरिनु पर्ने कुरामा जोड दिनु भयो र अन्त्यमा एमेंस्टी इन्टरनेशनल, ग्रेटर रेडिङ्ग नेपाली समाज यूके, विभिन्न संस्थाका प्रतिनिधिहरु, सहभागि सबै महिलाहरुलाई उपस्थिति र सक्रिय सहभागिताकोलागि धन्यबाद दिनुभयो l

उक्त कार्यक्रमको संयोजनमा हिलारी बिदि, आन्द्रेय किमरोख, दुर्गा ढकाल, कोपिला सिटौला, विनस रिजाल, कल्पना पण्डित, ममता कार्की तथा प्रेरणा दाहालको सक्रिय सहभागिता रहेको थियो l समाजसेवी तथा ग्रेटर रेडिङ्ग नेपाली समाजकी कार्यकारी सदस्य विनस रिजालले कार्यक्रमको सुरूदेखि अन्त्यसम्मको व्यवस्थापनलाई कुशलतापूर्वक निर्बाह गर्नु भयो l साथै मनिता गुरुंगले सहभागिताहरुको सहजकताको लागि र बन्दना केसिले महिलावर्कसपका सहभागिहरुको मनोबल बढाउन भूमिका खेल्नु भएको थियो l व्यवस्थापकिय भूमिकामा ममता कार्कीको संलग्नता रहेको थियो l कार्यक्रमको शुरुआतमा दुर्गा ढकालले ग्रेटर रेडिङ्ग नेपाली समाज यूकेका अध्यक्ष बाट प्राप्त कार्यक्रम सफलताको शुभकामनाको जानकारी सबै सहभागिहरुलाई गराउनु भएको थियो l कार्यक्रमलाई सफल बनाउन ग्रेटर रेडिङ्ग नेपाली समाज यूकेका अध्यक्ष, उपाध्यक्ष भिमसेन खड्का तथा सदस्य मणि सुबेदीबाट निरन्तर आवश्यक सहयोग र सदभाव प्राप्त भएको थियो l