काठमाडौँ – नेपाल प्रवाशी तामाङ युवा मञ्च मलेसियाले २८५६ औं सोनाम सोनाम ल्होछार तथा प्रथम बार्षिक उत्सावको अबसर पारेर अनाथ बालबालिकाहरुलाई आर्थिक सहयोग गरेको छ।

सस्थाले नेपालीहरुलाई भौतिक, सामाजिक, आर्थिक तथा मानविय सहयोग गर्दै आइरहेको छ। सामाजिक कार्य अन्तर्गत देशु गोले फाउन्डेसन नेपाललाई रू २०,३३० सहयोग गरेको महासचिव दिनेश थिङ तामाङले बताउनु भएको छ।

देशु गोले फाउन्डेसन नेपाल सुनसरी धरानको श्याम चोकमा रहेको छ। उक्ता सहयोग रकम निङ्गने लाखाङ गुम्बामा रहेको ४० जना अनाथ बालबालिकाहरुलाई अध्ययनका लागि सहयोग गर्ने फाण्डेशनकी अध्यक्ष देशु गोले तामाङ्गले जानकारी दिइन ।

नेपाल प्रवाशी तामाङ युवा मञ्च मलेसियाले गत बर्ष पनि ल्होछारको अबसर पारेर हेटौंडा नगरपालिका १७ नेवारपानीमा रहेका सृजनाशिल बौद्ध अनाथ प्राथमिक बिधालय र मकवानपुरगढी-२ बरभन्ज्यङ्गमा रहेका टासी देछेन छोइलिङ गुम्बा निर्माणको लागि सहयोग गरेको थियो।