1469
Shares
लण्डन ।क्रोयडनमा बस्ने सक्रिय युवायुवतीको समुहले प्रणय दिवशको अवशर पारेर विशेष सांगीतिक कार्यक्रम र भेटघाटको आयोजना गरेका छन ।
आधुनिक गायक हिमाल सागरलाई मुख्य आर्कषक बनाईएको उत्त कार्यक्रममा केहि स्थानिय चर्चित कलाकारको पनि प्रस्तुती रहने छ ।
स्टेजलाई व्यवस्थापन गर्न हिमाल सागर निकै कुशल मानिन्छन । पछिल्लो पटक निष्किएका सबै गितहरू चर्चाको शिखरमा पुगेपछि विशेषत बेलायती नेपाली समुदायमा युवामाझ उनको क्रेज ह्वातै बढेको छ ।
क्रोयडनमा प्रणय अर्थात प्रेम दिन फेब्रुअरी १४ का दिन हिमालको गित संगै डिनरको व्यवस्था गरिएको छ । सबैलाई निमन्त्रणा गरिएको कार्यक्रमलाई रिमा कँडेल , क्रोयडन नेपाली समाजका अभियन्ता लगाएतको व्यवस्थापनमा कार्यक्रम आयोजना गरिन लागेको हो ।