२०८३, १२ असार शुक्रबार
×

ट्रेन्डिङ

टुङ्गियो नेकपाका विद्यार्थीको एकता, दीर्घ ‘यू’ लेख्ने सहमति, केन्द्रीय कमिटी ४९९ सदस्यीय हुने

2862 Shares
Spread the love

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुई विद्यार्थी संगठनको एकताको लागि शुक्रबार बसेको कार्यदलको बैठकले संगठनको नाम अनेरास्ववियुको ‘यु’ लाई दीर्घ (यू) लेख्ने सहमति गरेको छ । स्ंगठनको नाम जुरेसँगै अब एकताको टुंगो लागेको हो ।

पूर्वएमालेको अनेरास्ववियु र पूर्वमाओवादी केन्द्रको अनेरास्ववियु (क्रान्तिकारी) एकताका लागि गठित कार्यदलले एकीकृत संगठनको नाम र केन्द्रीय समितिको टुंगो लगाएको हो ।

यो सहमतिसँगै अब नेकपाको विद्यार्थी संगठनको नाम अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन ‘अनेरास्ववियू० हुने छ । एकीकृत संगठनको केन्द्रीय समिति ४९९ सदस्यीय हुने बताईएको छ । जसमा अनेरास्ववियुबाट २६० जना र क्रान्तिकारीबाट २३९ जना रहने छन् ।

संगठनको नेतृत्वको बारेमा भने अझै टुंगो लागिसकेको छैन । अर्को बैठकमा नेतृत्वको समेत टुंगो लगाइने कार्यदलले जनाएको छ । दुई विद्यार्थी संगठनको एकताका लागि गठित कार्यदलमा रविन्द्र अधिकारी, रमेश मल्ल, नविना लामा र रंजित तामाङ छन् ।

प्रतिक्रिया