तस्विर : विकेश राज बस्नेत
लण्डन । पछिल्लो पटक नेपाली डायस्पोरामा नेपाली कला, भाषा र संस्कृतिका निम्ति अहोरात्र खटिरहेको अन्तराष्ट्रीय कलाकार समाज (ईनास ) यूके च्याप्टरले नलिना चित्रकार साँझ आयोजना गरेको थियो ।

नेपाली सांगितिक क्षेत्रमा दरिलो परिचय बनाएकी चित्रकारले दर्जनौ एल्बम र सयौ चर्चित गित गाइसकेकी छिन । अमेरिकामा परिवार सहित रहदै आएकी नलिना चित्रकारको यो पहिलो युरोप भ्रमण भने होइन ।
सो कार्यक्रममा स्थानिय चर्चित गायकहरु सबेन्द्र अधिकारी , आवेश कुंईकेल, प्रमोद शर्मा , सुजन पराजुली , दिपक थापा अनि अल्फाबेट ब्याण्डका गायकहरु बिक्रम गहतराज , उरज महर्जन , रवि गुरुङको प्रस्तुती रहेको थियो ।
चौतारी रेष्टुरेण्ट तथा पार्टी प्यालेस प्लमस्टेडमा आयोजना गरिएको सो कार्यक्रम ईनास यूकेका महासचिव संजय भक्त कंडेलले संचालन गरेका थिए ।
सो कार्यक्रममा ईनास यूकेका अध्यक्ष विनोद चिपालुले मायाको चिनो प्रदान गर्दै उपस्थित कलाकारहरुको सम्मान गरेका थिए ।
सो कार्यक्रम सफल पार्न ईनास ग्लोबलका माहसचिव मनिष श्रेस्ठ , प्रतिभा नक्षत्र यूकेकी अध्यक्ष सिम्मी पुन , ईनास यूकेको सचिव माया केसीको लगायत विभिन्न संघसंस्थाको विशेष भुमिका रहेको थियो ।

उक्त कार्यक्रममा दिदी बहिनी समुह , प्रतिभा नक्षत्र , पासा पुचः गुथी , आरजिएनएस लगाएत साउथ ईष्टमा सक्रिय संघसंस्था वुद्धिजीवि लगायतको दरीलो उपस्थित रहेको थियो ।