काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट प्रवासी नेपाली एकता मंच बेलायतको अध्यक्षमा राजेन्द्र पुडासैनी चयन भएका छन् ।
पुडासैनीलाई नेकपाले अध्यक्षको जिम्मेवारी दिएको हो । पार्टीले तत्कालीन नेकपा (एमाले) निकट पुडासैनीलाई अध्यक्ष र पूर्व माओवादीधारबाट सुरेश गौतमलाई सचिवको जिम्मेवारी दिएको हो ।
नवगठित प्रवासी नेपाली एकता मंच बेलायतका सदस्यहरुमा रविन्द्र कंडेल, सरस्वती केसी, नारद भण्डारी, धनबहादुर क्षेत्री, रामजी बराल, कुमार केसी, विजय विक्रम लिम्बु, हेम लिम्बु, दासुराम पाण्डे, कृष्ण भण्डारी, उमेश मोत्तान, सुशिला राई, विमला सुब्बा, कृष्ण तिवारी, नरेन्द्र कंडेल र जोनी पहाडी रहेका छन् ।
त्यसैगरी अन्य सदस्यहरुमा मन बहादुर गुरुङ, शेरसिंह ठकुरी, ठाकुर शर्मा, कपिल श्रेष्ठ, महेन्द्र कंडेल, फूल कंडेल, अरुण थापा, राजन अर्याल, एस जे शाह, रुद्र गैरे, पदम राई, पार्वती पाण्डे, श्याम शेरचन, राममणि रिजाल, एच. के पौडेल र मीनु श्रेष्ठ रहेका छन् ।
एकता मंचको अध्यक्षमा जिम्मेवारी पाएका पूडासैनीले नेपालमा रहँदा लामो समय अनेरास्ववियूमा आवद्द भएर विद्यार्थी राजनीति गरेका थिए । अखिलमा सक्रिय छँदा पुडासैनी ठमेलस्थित सरस्वती बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सभापतिसमेत थिए ।