२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

ईनास यूकेले नलिना चित्रकार साँझ गर्ने

2069 Shares
Spread the love

लण्डन । पछिल्लो पटक नेपाली डायस्पोरामा नेपाली कला, भाषा र संस्कृतिका निम्ति अहोरात्र खटिरहेको नेपाली चलचित्र कलाकार समाज यूके च्याप्टरले नलिना चित्रकार साँझ गर्ने भएको हो ।

नेपाली सांगितिक क्षेत्रमा दरिलो परिचय बनाएकी चित्रकारले दर्जनौ एल्बम र सयौ चर्चित गित गाइसकेकी छिन । अमेरिकामा परिवार सहित रहदै आएकी नलिना चित्रकारको यो पहिलो युरोप भ्रमण भने होइन ।

यो भन्दा अगाडि पनि इनास बेलायतले भिम पौडेल र्सिजु अधिकारी लगाएत स्थानिय चर्चित गायकहरु दिपक थापा , सर्वेन्द्र अधिकारी , सुजन पराजुली लगाएतको प्रस्तुति सहित भब्य कार्यक्रम गरेको थियो ।

नेपालबाट आउनुहुने कलाकार , विदेशमा बस्दै आउनु भएका कलाकार, पत्रकार , चलचित्र कर्मी तथा नव आगन्तुक भाषा कला र साहित्यकर्मीको प्रवद्वनमा निरन्तर सहयोगी संस्थाको परिचय बनाएको इनासले आगामि भविष्यमा आफ्ना उद्देश्यलाई निरन्तरता दिनेछ ।

फेब्रुअरी ९ आइतबार साँझ ६ बजेबाट सञ्चालन हुन लागेको कार्यक्रम चौतारी रेष्टुरेण्ट तथा पार्टी प्यालेस प्लमस्टेडमा आयोजना गरिन लागेको हो । दिदी बहिनी समुह , प्रतिभा नक्षत्र , पासा पुचः गुथी मयजु पुच: साउथईष्ट,आरजिएनएस लगाएत साउथ ईष्टमा सक्रिय संघसंस्था वुद्धिजीवि लगायतको उपस्थित रहने कार्यक्रममा चर्चित गायकहरू कमशः प्रमोद न्यौपाने , दिपक थापा , सर्वेन्द्र अधिकारी , सुजन पराजुली लगायतको उपस्थिति रहने छ ।

प्रतिक्रिया