लण्डन । छोटो समयमा मोटो परिचय बनाउँन सफल प्रतिभा नक्षत्रले आफ्नो प्रथम .अधिवेशनको तयारी गरेको छ । दक्षिण पूर्वि लण्डनको वुलविचमा अवस्थित एक नेपाली रेष्टुरेण्ट तथा पार्टी प्यालेस फ्युजन रेष्टुरेण्टलाई उसले आफ्नो प्रथम अधिवेशनको स्पोट तोकेको हो ।
प्रवासमा बसिरहेका नेपाली मूलका दोश्रो पुस्तामा नेपाली मौलिक परम्परा , कला र संस्कृतिको पक्षलाई हस्तान्तरण गर्न सफल प्रतिभा नक्षत्रका स्थापना पश्चातका विभिन्न संस्करणले नेपाली माझ उसले आफूलाई अब्बल प्रमाणित गरेको छ ।
मौलिक संस्कृतिका संरक्षण खातिर एउटा सुन्दर संस्थाको संस्थागत अभ्यासमा सर्वाधिक लोकप्रियता बटुलेको यस साझा घरको स्थापना २०१७ मा भएको हो । प्रतिभा नक्षत्रले स्थानिय संघसंस्थासंग हातेमालो , सहकार्य गर्दै बेलायतका स्थानिय निकायसंग पनि नजिकिएको छ । नेपाल र नेपालीको परिचयका लागि गरिएको अथक प्रयास अनि आवश्यक जिम्मेवारीलाई परिपक्क व्यवस्थापन गरेकै कारण छोटो समयमा आफ्नो गर्विलो अनि विश्वासिलो सामाजिक परिचय बनाएको छ प्रतिभा नक्षत्रले I
युवा समुहले सञ्चालन गरेको प्रतिभा नक्षत्र विशुद्ध सामाजिक संस्था हो । राजनीति , जातिय संस्था तथा विभिन्न नाफामुखी संस्था भन्दा पृथक परिचय बनाएको यस संस्थाको भविष्य सुन्दर रहने नर्कान सकिन्न ।
एनआरएनए , जातिय संस्था , पत्रकार , सामाजिक संघ संस्था , व्यापारी, समाजसेवी लगाएत नेपाली संस्कृति र परम्परालाई निरन्तरता दिन चाहनु हुने सम्पूर्णमा आयोजकले आफ्नो प्रथम अधिवेशनका लागि निमन्त्रणा गरेको छ ।
प्रतिभा नक्षत्रको प्रथम अधिवेशन फेबुअरी १६ , २०२० आईतबार दिनको ३ बजेबाट फ्युजन रेष्टुरेण्ट वुल विचमा हुने आयोजकले जानकारी गराएको हो ।