काठमाडौँ – हामी नेपाली मलेसिया समितिका अध्यक्ष प्रकाश वाईवाको निर्देशकमा “गुरासको रातो रंग” राष्ट्रिय गीतको म्युजिक भिडियो आज युट्युबबाट सार्वजनिक भएको छ।

गीतमा गायक जगदीश समलको स्वरमा टेक तामाङको शब्द र बुद्ध स्याङबाको संगीत रहेको छ ।

यस्तै गीतको भिडियोमा प्रकाश वाईवा, दिनेश थिङ तामाङ, रकी तामाङ, वङ ठुले शेर्पा, ङ्गिमा तामाङ, अबिरल तामाङ, सबिन लामा , संगिता जिम्बा, मन्जु तामाङ,महेन्द्र चौधरी, बिमल वाईबा ,बुद्ध तामाङ, राज थिङ ,तुलाशा तामाङ, राज मगर,रमेश तामाङ, वङजेन लामा , नयन बान्तवा राई, बुद्धी स्याङतन , विमास तामाङ, मनीष स्याङतन, फुलमाया थिङ, सन्तोष बोम्जन , सिंगम तामाङ , बिराज तामाङ, दिनेश सापकोटा , मीन पौडेल ,राजन राई , ममता राईले अभिनय गरेका छन् भने प्रकाश वाईवाले खिचेका भिडियोमा दिलीप तामाङले सम्पादन गरेका छन्।

नेपाल प्रवासी तामाङ युवा मंच मलेसियाद्वारा निर्मित म्युजिक भिडियोलाई मलेसियाको जोहोर बारुमा खिचेका हो।

यस म्युजिक भिडियोलाई म्युजिक नेपालको युट्युब च्यानलबाट सार्वजनिक गरेको हो।

हेर्नुहोस भिडियो :