२०८३, ९ बैशाख बुधबार
×

ट्रेन्डिङ

१७ फोटोमा हेर्नुस् यी हुन् पेरुको हरेक गोलमा नाङ्गिने पेरु टिमकी ‘गर्लफ्रेण्ड’ निसु

2191 Shares
Spread the love

रुस विश्वकप हेर्न संसारभरीबाट लाखौं फ्यान रुस पुगेका छन् । अर्बौं फ्यानले टेलिभिजनबाट विश्वकपको मजा लिइरहेका छन् । आफ्नो टिमलाई समर्थन गर्ने करोडौं फ्यान संसारभरी छन् । तर यीमध्ये निकै अलग छिन् पेरुकी फ्यान निसु काउटी । पेरु टिमकै ‘गर्लफ्रेण्ड’ भनिने निसु अहिले रुस पुगिसकेकी छिन् ।

संसारभरीका फ्यानले ताली बजाएर, हुटिङ गरेर टिमलाई समर्थन गरिरहँदा उनको समर्थन गर्ने शैली भने निकै भिन्न छ । उनले आफ्नो टिमले गर्ने हरेक गोलमा आफ्नो कपडा खोल्नेछिन् । उनले पेरुको प्रत्येक गोलमा टपलेस हुने घोषणा गरेकी छिन् । निसु तीन वर्षअघि चर्चामा आएकी हुन् जतिबेला पेरु चिलीमा भएको कोपा अमेरिकामा तेस्रो स्थानसम्म पुगेको थियो ।

अहिले रुसमा भइरहेको विश्वकपमा उनको सुपरफ्यान स्टाइल स्टेडियममा देखिएसँगै क्यामेरा उनीमाथि नै केन्द्रित भइरहेका थिए । शनिबार साँझ पेरुको पहिलो खेल डेनमार्कसँग थियो । यद्यपि यो खेलमा पेरुले गोल गर्न सकेन । तर, अ‍ेलभरी उनलाई क्यामेराले पच्छ्याइरहे । अब आउँदो बिहीबार पेरु फ्रान्ससँग भिड्दैछ । जून २६ मंगलबाट पेरु अस्ट्रेलियाविरुद्ध उत्रनेछ । यी दुवै खेलमा क्यामेराले निसुलाई पच्छ्याउने निश्चित छ । निसुले यसअघि पनि कपडा खोलिसकेकी छिन् । भेनेजुएलाविरुद्धको विश्वकप छनोटमा उनले न्यूड पोज दिइसकेकी छिन् ।

 

प्रतिक्रिया