२०८३, १२ असार शुक्रबार
×

ट्रेन्डिङ

मुलुकी ऐनबाट डराउनु पर्दैन, कमजोरी भए संशोधन गर्न सकिन्छः प्रम ओली

1105 Shares
Spread the love

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले समाजमा विकसित र स्थापित मान्यतालाई व्यवस्थित गर्न मुलुकी देवानी र मुलुकी अपराध संहिता जारी गरिएको बताएका छन्।

कानुन मन्त्रालयले शुक्रबार सिंहदरबारमा आयोजना गरेको मुलुकी देवानी संहिता तथा मुलुकी अपराध संहिता लगायतका कानुनहरू लागु हुने दिनको अवसरमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै ओलीले संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएपछि नेपालका केही मान्यताहरू बदलिएकाले त्यसै बेलादेखि मुलुकी ऐनलाई संशोधन गर्ने काम सुरु भएको बताए।

“अहिले जारी भएको संहिता नयाँ मुलुकी ऐन जस्तै हो” ओलीले भने, “यसलाई रुपान्तरित व्यवस्थापिका संसदले पारित गरेर २०७४ असोजमा सम्माननीय राष्ट्रपति ज्यू बाट लालमोहर लगाइएको हो।”

ओलीले कतिपयले यो संहिता वर्तमान सरकारले बनाएर अहिले जारी गरेको जस्तो प्रचार गर्नु आश्चर्यपूर्ण भएको बताए। “संहिता निर्माणका क्रममा छलफलमा बसेकै साथीहरू अहिले विरोधमा उत्रिएको देख्छु” उनले भने “यसबाट त्रसित हुनुपर्ने केही छैन। यसले समाजलाई मर्यादित बनाउन खाजेको छ। गल्ती नगर्नेहरूले डराउनु पर्दैन।”

उनले संहितामा कमी कमजोरी केही भएमा संसोधन गर्न सकिने बताए। “यस संहितालाई कार्यन्वयन गर्न सरकार दृढ छ” उनले भने “यसका लागि सरकारका सबै निकाय क्रियासिल छन्।” यस कानुनको परिपालानाका लागि अझ व्यापक प्रचार प्रसार गर्न ओलीले सबैलाई आग्रह गरे।

प्रतिक्रिया