लण्डन । गैरआवासीय नेपाली संघको आर्थिक प्रतिवेदन सार्वजनिक गरिएको छ ।
गैरआवासीय नेपाली संघका कोषाध्यक्ष महेश श्रेष्ठले शुक्रवार सार्वजनिक गरेको प्रतिवेदनमा पछिल्लो तीन महिनामा संघमा १४ करोड रुपैयाँ बचत देखिएको छ ।
श्रेष्ठले गैरआवासीय नेपाली संघलाई पारदर्शी र उत्तरदायीपूर्ण संस्था बनाउने अठोट अनुरुप सो आर्थिक प्रतिवेदन सार्वजनिक गरिएको बताए ।
प्रतिवेदन अनुसार लारर्पाक, शंखमुल, एनआरएन भवन लगायतका परियोजनमा २५ करोड रुपैयाँ नपुगेको देखिएको छ ।
पछिल्लो ६ महिनाको आर्थिक विवरण समेटिएको प्रतिवेदनमा लारर्पाक परियोजनामा १० करोड ११ लाख, एनआरएनए भवनमा १३ करोड ९ लाख, शंखमुल परियोजनामा १ करोड ५६ लाख अपुग भएको उल्लेख छ । संघको गत अक्टोवरमा सम्पन्न विश्वबाट करिब ९ करोड बचत देखिएको छ ।
संघको सचिवालयको संचालनको रकम सहित खातामा हाल १४ करोड ५८ लाख मैजुदा रहेको छ ।
संघको आर्थिक प्रतिवेदन प्रत्येक ३ महिनामा सार्वजनिक गर्ने प्रतिबद्दता अनुसार नयाँ कार्यसमितिको पहिलो आर्थिक प्रतिवेदन वेभसाईट मार्फत शुक्रवार सार्वजनिक गरिएको हो ।
संघको डिडिए प्रतिवेदन र आन्तरिक अडिटरबाट प्राप्त सुझावको आधारमा लेखा प्रणालीलाई अझ बढी ब्यवस्थित, वैज्ञानिक, र पारदर्शी बनाउदै लगिने प्रबिद्धता श्रेष्ठले गरेका छन् ।
यसै बीच गैरआवासीय नेपाली संघको गत महिना पोखरामा सम्पन्न बैठकले राष्ट्रिय समन्वय परिषदहरुलाई समेत हरेक तीन तीन महिनामा आर्थिक प्रतिवेदन सार्वजनिक गर्न निर्देशन दिइएको संघका महासचिव डा. हेम राज शर्माले जनाए ।


