२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

स्याडजा समाज स्पेनको दोहोरी धमाका सगै उच्च सम्मान कार्यक्रम

1597 Shares
Spread the love

भोला लामिछाने , यूरोप

स्पेनको बार्सिलोनामा स्याङ्जा सहयोग समाज स्पेनले बार्सिलोनामा लोक गायक खुमन अधिकारी र गायीका रमिला न्यौपाने को समुपस्थितमा लोक दोहोरी सांगीतिक साँझ-२०२० सम्पन्न गरेको छ ।

लोक दोहोरी क्षेत्रका नक्षत्र खुमन अधीकारी र गायिका रमिला न्यौपानेले नेपाली पाठशाला बार्सिलोनामा आवद्द साना बालबालिकाहरू लाई समाजले उपलब्ध गराएको उपहार [ स्टेशनरी सामान ] वितरण गर्दै हौसला दिए । साथै उपस्थित सबैमा भब्य सागितीक माहौल सृजना समेत गरी लाईभ दोहोरी प्रस्तुत गरेका थिए ।

कार्यक्रम मा गत वर्ष सड़क दुर्घटनामा परेर मृत्यू भएका स्याड्जाका पुजन कोईराला को परिवारको लागी ठुलो सहयोग रक़म संकलन गर्न एवं स्व. पुजनको न्यायको लागी स्पेनमा अनवरत खटिनु हुने कानुन समितीमा रहेका महानुभाव हरूलाई सम्मान समेत गरिएको छ । कानुन समितीमा रहेका चिन्तामणी सापकोटा गैंडाकोट ६ नवलपुर , सन्तोष श्रेष्ठ सेतिदोभान ५ स्यांङजा , गंगा भुषाल पैयु गाउपालिका -१ सिंगारकोष , पर्बत, दिपक खरेल खरेलथोक ६ काभ्रेपलान्चोक , दिनेश गिरी मन्थली ९ रामेछाप , अनिल गुरुङ भिरकोट नगरपालिका ६ स्याङजा , डिक कार्की दमक ७ झापा , रिशी श्रेष्ठ काठमाण्डौं १७ ठेंटी कुवावाल लाई सम्मान गरिएको थियो । एन आर एन ए क्षेत्रीय यूरोप उपसंयोजक मुक्त गूरूडले सम्मान पत्र प्रदान गर्दै सबैलाई शुभकामना दिएका थिए ।

कार्यक्रमका लागी नेपालदेखी बार्सिलोना उत्रिएका कलाकार द्वय अधिकारी र न्यौपाने लाई बार्सिलोना एयरपोर्ट उत्रदा हाम्रो नेपाल हामी नेपाली संस्थाका अध्यक्ष सन्त बहादुर क्षेत्री, स्याड्जा सहयोग समाज अन्तराष्ट्रीय समन्वय परिषद का निवर्तनान उपाध्यक्ष शालीकराम डुम्रे , पत्रकार महासंघ यूरोप शाखाका सदस्य एवं समाजका सल्लाहकार भोला लामिछानेले भब्य स्वागत गरेका थिए ।

स्याड्गा सहयोग समाज स्पेनको कार्यक्रम मा नेपाल भ्रमण वर्ष २०२० को लोगो सहितको टिसट कलाकार हरूलाई उपहार दिदै उक्त अभियानको प्रचार प्रसार समेत गरिएको थियो ।

समाजका अध्यक्ष बेन बहादुर गुरूडं [ बिमल गुरूडं] को अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा एन आर एन ए स्पेनका अध्यक्ष दिनेश गुरूड , आई सी सी सुनील रानाभाट र चिन्तामणि सापकोटा लगायत स्पेनमा रहेका सबैजसो संघ संस्थाहरूका अध्यक्ष प्रतिनिधि लगायत बार्सिलोनाका नेपालीहरूको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रमको औपचारिक संचालन सचिव बिनोद लामिछाने ले गरेका थिए , संयोजक समाजकै उपाध्यक्ष दिपक भट्रराईले गरेका थिए । स्याडजा समाज आई सी सी का महासचीव हेमन्त रानाेभाटले स्याड्जा सहयोग समाजको कार्यक्रम लाई सफल बनाउन सहयोग गर्ने सबैलाई शुभकामना दिएका थिए ।

कार्यक्रम भब्य रूपमा सम्पन्न गर्न नेपाल देखी पाल्नु भएका कलाकारहरू , बार्सिलोनामा रहेका स्थानीय कलाकार भाई बहिनी हरू , अहोरात्र खटिने समाजसेवी सन्त बहादुर क्षेत्री , नेपाली पाठशालाका साना बालबालीकाहरू, पत्रकारहरू लगायत सबै उपस्थिति हरूमा धन्यवाद दिदै अध्यक्ष गुरूग ले कार्यक्रम विसर्जन गर्दै छोटो समयको दौरानमा पनी समाजले सब्य र भब्य कार्यक्रम गर्न सफल भएकोमा संयोजक, कार्यसमिति , लगायत सबैको यसमा योगदान रहेको बताए र आगामी दिनमा पनी समाजले स्पेनमा रहेका सम्पूर्ण संघ संस्था हरूसग हातेमालो गरेर अगाडी बढ्ने प्रतीवद्दता समेत व्यक्त गरे ।

प्रतिक्रिया