काठमाडौं। नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवाले भारतीय जनता पार्टीका संस्थापक नेता एवं भारतका पूर्व प्रधानमन्त्री अटल बिहारी बाजपेयीको निधनमा गहिरो दुख व्यक्त गरेका छन्। सभापति देउवाले एक विज्ञप्ति निकाल्दै वाजपेयीको निधनले नेपालले एक अनन्य शुभचिन्तक गुमाएको बताएका छन्।
सभापति देउवाले वाजपेयीको निधनले दक्षिण एशियाकै लोकतन्त्रवादी व्यक्तित्व गुमेको अनुभव भएको बताएका छन्।
शोक विज्ञप्ति
भारतीय जनता पार्टीका संस्थापक नेता एवं नेपालका अनन्य शुभचिन्तक भारतका पूर्व प्रधानमन्त्री अटल बिहारी बाजपेयीको आज भएको निधनको खबरबाट म र मेरो पार्टी नेपाली कांग्रेसलाई स्तब्ध बनाएको छ ।
स्वर्गीय बाजपेयी नेपाल र नेपाली जनताका एक परम मित्र र नेपालका प्रति सधैं शुभेच्छा राख्ने राजनेता हुनुहुन्थ्यो । आधुनिक भारतको निर्माणमा विकासको नयाँ बाटो देखाउन स्वर्गीय वाजपेयीको ठूलो योगदान रहेको छ । उहाँको निधनले दक्षिण एशियाकै लोकतन्त्रवादी व्यक्तित्व गुमेको अनुभव मलाई भएको छ ।
स्व अटल बिहारी बाजपेयीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै उहाँको आत्माको चीर शान्तिको कामना गर्दछु । शोकको यस घडीमा भारत सरकार, भारतीय जनता तथा स्वर्गीय बाजपेयीका समस्त परिवारजन र आफन्तजनहरुप्रति गहिरो समवेदना प्रकट गर्दछु ।
शेरबहादुर देउवा