२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

पदमा होइन व्यवहारमा हुन्छ प्रतिष्ठा

1847 Shares
Spread the love

लण्डन । मन विनाको धन ठूलो कि धन विनाको मन । जे होस मनसंगै धन भए सफल हुन्छ जिवन । बाडेर बाच्नुको अर्थ अनि सबैलाई सहयोग गर्दै सकरात्मक जिवन जिउनुको वास्तविकता नै मानव जिवन हो । के पाए र ? भन्दा पनि के दियौ र भन्ने सोचले नै मानवता झल्काउने हो ।

राज्य, संघ संस्थालाई दोहन गरेर भुडी ठूलो बनाउने ढोगी समाससेवीका विचमा अन्तर ह्रदयदेखि नै देश र समाजका लागि सत्ह्दय लिएर सेवा गर्नेको खडेरी नै छ समाजमा र वावजुद पनि मानवता भने मरे को छैन समाजमा ।

कसले के भन्यो वा कति बोल्यो भन्दा पनि कति योगदान दियो यसैकै गणित हुन्छ । नाममा भन्दा काममा वा व्यवहारमा तपाईको वास्तविक परिचय लुकेको हुन्छ । यस्ता सहयोग र परिचयहरु समाजमा दबिईनु हुदैन यो त प्रेरणा स्वरुप उदाहरणका लागि सबैलाई सूचित हुनु नै अर्थपरक रहन्छ ।

पछिल्लो समयमा प्रसिद्ध परिचय हो विष्णु खरेल । गुण दोष र नाफा घाटाका आधारमा मान्छेलाई तौलने तल्लो अभ्यासबाट अलि मिठो अनि एउटा सुन्दर र सभ्य संस्कार हो बाडेर वाच्नु ।

कहिल्यै सानो मन नगर्ने उनी एक सफल व्यवशायी र इमिग्रेशन एडभाइजर पनि हुन । लाभको पद खासै नलिएका उनी कहिले व्यक्ति सहयोग कहिले संघ संस्था अनि कहिले विद्यालय त कहिले मानवताका सहयोगमा सहयोगी भइरहन्छन । न प्रचार गर्छन न नामका लागि मरिहत्ते गर्छन । उनको यो साधारण सहयोगी व्यवहार नै नबिर्सने परिचय बन्यो ।

प्रतिक्रिया