सिड्नी । तामाङ सोसाइटी न्यू साउथ वेल्स (एनएसडब्लु) राज्यको आयोजनामा सोनाम ल्होसार भव्य रुपमा मनाएको छ ।
कार्यक्रममा तामाङ संस्कृति झल्किने भेषभुषा तथा स्थानीय कलाकार साथै नेपालबाट आएका अतिथि कलाकार तामाङ फिल्मि जगतका सुपरटार कुमार मोक्तान, चर्चित सेलो गायिका निर्मला घिसिङ र चर्चित गायक तथा सङ्गितकार बिश्व दोङले सहभागीलाई मनोरन्जन दिएका थिए।

कार्यक्रमको प्रमुख अतिथिका रुपमा एनएसडब्लु राज्य परिषद् कन्सुलेट दीपक खड्का थिए भने बिशेष अतिथिमा नेपाली दूतावास क्यानभेराका तृतीय सचिव यादव कोइराला र नेपाली आदिवासी जनजाति मन्च अष्ट्रेलियाका अध्यक्ष अरुण तामाङ लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा बोल्दै खड्काले आफ्नो परिवार पनि चिनियाँ मूलको भएकाले घरमा नयाँ वर्ष भव्य रुपमा मनाइरहेको बताएका थिए ।गैरआवासीय नेपाली संघ अस्ट्रेलियाका उपाध्यक्ष तथा एनएसडब्लु राज्य परिषद् संयोजक देव गुरुङले अस्ट्रेलिया बहुसांस्कृतिक मुलुक भएकाले यहाँ हरेक जातजातिले यहाँ आफ्नो संस्कृतिलाई जीवन्त राख्न सक्ने बताए ।

निम्फाका अध्यक्ष अरुणकुमार तामाङले सोनाम ल्होसार तामाङ समुदायको मात्र नभएर संसारभरि रहेका सबैको पर्व भएको बताए ।उनले अस्ट्रेलियामा पनि सोनाम ल्होसार मनाउने समुदायको संख्या प्रत्येक वर्ष ठूलो हुँदै गइरहेको भन्दै खुशी व्यक्त गरे । यसले अस्ट्रेलियामा नेपाली समुदायबीच भाइचाराको सम्बन्ध अभिवृद्धि हुने उनले बताए । तर नेपाल सरकारले ६२/६३ को आन्दोलन पछि प्राप्त सास्कृतिक अधिकारलाइ वर्तमान अोलि सरकारले खोसेर आदिवासी पर्बमा दिइने सरकारी विदा कटौतीको अविलम्ब फिर्ता गरियोस् र वास्तविक धर्म निरपेक्षताको कदर गरियोस् भन्नेमा जोड दिए। सबैभन्दा मनछुने मनतव्य दिदै सास्कृतिक सचिव कमल तामाङले जोडे धन दौलत हराए कमाउन सकिन्छ तर हाम्रो पहिचान हराएमाा हाम्रो जाति हराउँछ। डलर ले कार किन्न सकिन्छ तर हाम्रो सस्कार किन्न सकिन्न। त्यसैले युवा पुस्ताको ठुलो जिम्मेवारी नै हाम्रो पहिचानलाइ जोगाउनु हो उनले थपे ।

सोसाइटीका अध्यक्ष सुनदोर्जे तामाङको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सोसाइटीका सचिव विशाल तामाङले स्वागत मन्तब्य दिएका थिए। स्थानीय कलाकारलाई पुरस्कृति पनि गरिएको थियो भने कलाकारहरु अमृता तामाङ, कन्चन तामाङ, रमिता तामाङ, रश्मी तामाङ, सुनिता वाइवा, रमिला तामाङ, सिर्जना लामा तथा प्रमिला बमजनले प्रस्तुति दिएका थिए