२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

एनआरएन यूकेको आर्थिक छानविन समितीनै त्रुटिपूर्ण : घोटाला ढाकछोप गर्ने प्रपन्च

1810 Shares
Spread the love

लण्डन । आफ्नै नेतृत्वमा रहेको एनआरए युकेमा भएको ठुलो आर्थिक हिनामिनाको छानविनमा आफै आफ्नो नाम प्रस्ताव गरेर एनआरएन युकेकी अध्यक्ष पुनम गुरुङ्गले विधान अनुसार आर्थिक हिनामिनाको स्वतन्त्र छानविन हुने सम्भावनालाई समाप्त पारेकी छन् । एनआरएन युकेको विधानको ३६.६ अनुसार आर्थिक हिनामिना लगायतका विवादको छानविन गर्न अध्यक्षका पराजित उमेदवार समेत सदस्य रहने गरी स्वतन्त्र लेखा समिती गठन गर्नु पर्ने ब्यावस्था छ । यस अगाडी उपाध्यक्षको रुपमा तत्कालीन अध्यक्ष योग फगामी संग नजिक रहेकी अनि निर्वाचन ताका निर्वाचन समिती र निर्वतमान अध्यक्ष उनै फगामी संग मिलेर आर्थिक हिनामिनामा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा संलग्न रहेकी अध्यक्ष गुरुङ्गले आफ्नो विरुद्ध आफै छानविन गर्ने प्रस्ताब अफैले गरी आफ्नो बहुमत भएको समितीबाट निर्णय गराएकी हुन् । हालैको एनआरएन युकेको निर्वाचनमा निर्वाचन समितिका डम्मर घले र निर्वतमान अध्यक्ष योग फगामी संग मिलेर एनआरएन युकेकै पैसा दुरुपयोग गर्दै निर्वाचनमा धादली गरेको बास्तविकता लुकाउन घले र फगामीकै सल्लाहमा अध्यक्ष आफै छानविन समितीको संयोजक भएको सूत्रको दाबी छ ।

एनआरएन युकेको चार करोड भन्दा बढि रकम, निर्वाचनमा खर्च गरिएको र हाल सम्म हिसाव किताव सार्बजनिक नगरिएको समाचार प्रकाशित भएपछि हिसाव किताव बाहिर आएको थियो । सो हिसाव संगै पुनम गुरुङ्ग समुहले प्रतिद्धन्दी शेर बहादुर सुनार समुहलाई सम्पुर्ण रुपमा प्रकृया बाहिर राखेर निर्वाचनमा धादली गरि पद हात पार्न यो पैसा दुरुपयोग भएका तथ्यहरु बाहिर आएका छन् । विधान विरुद्ध भएपनि आफैले छानविन गर्ने नाममा स्वतन्त्र छानविन हुन नदिने अध्यक्ष गुरुङ्गको कदमले निर्वाचनमा उनलाई जिताउन एनआरएनको पैसा दुरुपयोग भएको तथ्य सत्य प्रमाणित हुन बल पुगेको छ ।

स्मरण रहोस एनआरएन युकेको फगामी नेतृत्वको तत्कालिन कार्य समिती र डम्मर घले नेतृत्वको निर्वाचन समिति पुनम गुरुङ्गलाई अध्यक्ष बनाउन एक पक्षिय रुपमा परिचालित भएका थिए । अहिले यो दुरुपयोग गरिएको पैसाको हिसाव किताव लुकाउन पुनम गुरुङ्ग विधान विपरित रुपमा परिचालित भएकी छन् । एनआरएन युकेको विधानको ३६.६ मा नया नेतृत्व निर्माण भएको तिन महिना भित्र आर्थिक गतिविधी अध्ययन गर्न लेखा समिती गठन हुनु पर्ने भन्ने उल्लेख छ जसमा पराजित अध्यक्षका उमेदवार सदस्य हुनु पर्ने भनिएकोे छ तर अध्यक्षले विधानको यस प्रावधानको विरुद्ध आफैले आफ्नो नाम प्रस्तुत गरि लेखा समिती बनाएबाट युकेको ठुलो आर्थिक धोटाला काण्ड झनै रहस्यमय बनेको छ ।

संसारभर रहेका एनआरएनएहरु मध्य बेलायत सबैभन्दा ठुलो शाखा हो । करिव १३ हजार ८ सय ९० जना नेपालीहरु प्रतिब्याक्ती दश पाउण्ड तिरेर एनआरएनए बेलायतको पन्जिकृत शदस्यको रुपमा दर्ता भएका छन् । यो पन्जिकृत सदस्यहरुबाट शदस्यता शुल्क बापत मात्र एनआरएन युकेले १ लाख ३८ हजार ९ सय पाउण्ड भन्दा धेरै धनराशी संकलन गरिएको थियो । त्यस्तै सेप्टेम्वर महिनामा भएको चुनावमा उमेदवारी शुल्क बापत मात्र ६८ हजार ७ सय पाउण्ड जम्मा भएको थियो ।

यसरी गएको सेप्टेम्वरमा मात्र एनआरएन युकेले सर्वसाधारण नेपालीहरुबाट करिव २ लाख ७ हजार ६ सय पाउण्ड संकलन गरेको थियो । यो करीव ३ करोड १२ लाख नेपाली रुपयाँ भन्दा वढि हो । एनआरएनए युकेले २०१७ भन्दा पहिलेको कार्य समितिबाट १ लाख ३६ हजार पाउण्ड बुझेको थियो भने विचमा गरिएका अधिकाँश कार्यक्रमहरुका लागि प्रायोजक र सहयोग समेत उठाइएको थियो । यदि पुराना आम्दानीका सबै हिसाव किताव नगर्दा समेत ३ करोड १२ लाख नेपाली रुपयाँ भन्दा वढि केबल ४ महिना पहिले सर्वसाधारण नेपालीहरुबाट उठाइएको थियो । समग्रमा ४ करोड नेपाली रुपया भन्दा बढि निर्वाचनका क्रममा अनिमितता भएको विषय बाहिर आए पछि बेलायतको नेपाली समाज तातेको छ ।

त्यो बाहेक निक्कै प्रतिष्पर्धात्मक निर्वाचनका पहिले सदस्यता सुल्क सहित बुझाइएका करिव ७०० भन्दा बढि सदस्यहरुको सदस्यता फाराम गायव पारिएको थियो । चुनावमा हालकी एनआरएन युके कि अध्यक्ष पुनम गुरुङ्गलाई जिताउन अका उमेदवार सेर बहादुर सुनारको समुहले बुझाएका यी फारामहरु गायव पारिएको थियो । यो संख्यालाइ आधार मान्दा करिव ७००० पाउण्ड अर्थात करिव १० लाख नेपाली रुपयाँको हिनामिना भएको थप रकममा पर्न आउछ ।

यो सबै पैसा निर्वाचन समिति, तथा निर्वर्तमान अध्यक्ष समेतले मिलेमतोमा पुनम गुरुङ्ग जिताउन कसरी दुरुपयोग भएको थियो भन्ने कुरा लुकाउन त्यती सजिलो भने छैन । निर्वाचन धादलीका लागि आर्थिक अनियमितताको अहिले सम्म नदेखिएको एउटा पाटो एम्पायर हलको भाडा प्रकरणबाट धेरै हद सम्म प्रष्ट हुन्छ । यो यही हल हो जहा यस भन्दा अगाडी २०१७ मा तिन दिनको २ ओटा हलको केवल १२०० पाउण्ड भाडा थियो । अहिले माथिल्लो तलाको सानो हल र अफिसको छुट्टै भाडा तिरिएको थियो ।

एउटा मात्र हल ५ दिन प्रयोग गरेवापत ३६ हजार पाउण्ड तिरिएको देखिएको छ । सुत्रका अनुसार ४ तले भवनका सबै हलहरु र रेष्टुरेण्टको एक बर्षको भाडा केवल ६० हजार मात्र हो । अनि २ बर्ष अगाडी तिन दिनको १२०० मा पाइने हल अहिले पाँच दिनको भाडा३६ हजार पाउण्ड कसरी भयो होला ? दिनको १००० नै चार्ज गरे पनि ५००० हुँछ । त्यो भन्दा धेरै त्यो हलको भाडा हुन्छ भनेर कसैले पत्याउने कुरा भएन । त्यसो भए किन तिरियो त एम्पायर हललाई ३६ हजार पाउण्ड ? प्रश्नको उत्तर सजिलो छैन ।किनकि त्यो ३६ हजार केवल हलको पैसा तिरिएको होइन । एनआरएन युकेको हालै सम्पन्न निर्वाचनमा निकै विवादास्पद भएको थियो । पुनम गुरुङ्गलाई जिताउन हिडेका घले र फगामीले आफ्नो पद र एनआरएनको पैसाको मात्र दुरुपयोग गरेनन् । पैसाको बलमा हलको समेत दुरुपयोग गरे यसको स्पष्ट संकेत एम्पाएर हलको विल संग जोडिएर आएको छ ।

एनआरएन युके को निर्वाचन समिती संग सम्वन्धित एक सुत्रका अनुसार युके भरिका सबै मतदान केन्द्रबाट आएका मतपेटिकाबाट मत साट्न अल्डरसट् स्थित यही एम्पायर हलको प्रयोग भएको थियो ।

प्रतिक्रिया