२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

स्पेनका राजा फिलीपे छैटौ समक्ष ओहदाको प्रमाणपत्र लिदै राजदूत दावाफुटी शेर्पा

708 Shares
Spread the love

भोला लामिछाने, यूरोप

स्पेनका लागि नेपाली महामहिम राजदूत दावाफुटी शेर्पाले स्पेनका राजा समक्ष ओहदाको प्रमाणपत्र लिएकी छन् । गएको शुक्रबार स्पेनको राजधानी मड्रिडमा रहेको राजदरबारमा राजा फिलिपे छैठौं समक्ष ओहदाको प्रमाण पत्र लिएकी हुन् । महामहिम शेर्पा लाई उक्त ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्न राजदरबारमा नै निम्त्याईएको थियो । यूरोपमा राजतन्त्रातमक मुलुक मध्य स्पेन पनी एक हो ।

स्पेनका लागी दोस्रो राजदूतमा नियुक्त भएकी राजदूत शेर्पा चर्चित सगरमाथा आरोही पासांग ल्हामु शेर्पाकी छोरी हुन् । शेर्पा स्पेनको लागी दोस्रो राजदुत हुन् । पहिलो राजदूत भरत बहादुर रायमाझी थिए ।

अमेरिकामा उच्च अध्ययन गरेर नेपाल फर्केकी शेर्पालाई नेपाल सरकारले नेपाली दूतावास स्पेनमा राजदूत नियूक्त गरेर स्पेन पठाउने निर्णय गरे सगै शेर्पा केही महिनाअघि मड्रिड पुगेकी थिईन् ।

स्पेनमा नेपालीहरूको बाक्लो वस्ती रहेको बार्सिलोनामा ल्होसार कार्यक्रममा प्रमुख आथीत्यता लिदै स्पेनवासी नेपाली, नेपाल र स्पेनबीच पुलको रूपमा काम गरेर मूलुक र नेपालीको निम्ति लागि पर्ने छु महामहिम राजदूतले वताएकी थिईन ।साथै स्पेनबाट स्पेनीस नागरीकहरूलाई ठुलो संख्यामा पर्यटकको रूपमा नेपाल भित्रयाउन दुताबासले भुमीका निभाउनु पर्ने र सबै नेपाली समुदायले यसमा सहयोग गर्नुपर्नै समेत उनले थपीन् ।

दावाफुटी अमेरिकाबाट फर्केपछि पासाङ ल्हामु पर्वतारोहण प्रतिष्ठानको अध्यक्ष बनेर पर्यटन प्रवद्र्धन र सामाजिक काममा सक्रिय भएकी थिइन।शेर्पा नेपाली केही महिला राजदूतमध्ये एक हुन्, दुताबास सग स्पेनवासी नेपालीहरू निकै आशावादी रहेका छन् ।

प्रतिक्रिया