२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

आविष्कार केन्द्रलाई जमघट परिवार यूकेको ५० हजार सहयोग

1042 Shares
Spread the love

लन्डन ।  जमघट परिवार यूकेले नेपाल आविष्कार केन्द्रलाई ५० हजार रुपैयाँ सहयोग उपलब्ध गराएको छ ।अंग्रेजी नयाँ वर्षको अवसरमा लण्डनमा आयोजित एक कार्यक्रम बाट बचत गरेको रकम महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई हस्तान्तरण गरेको छ ।आविष्कार केन्द्रलाई हस्तान्तण गरिएको जमघट परिवारका अध्यक्ष तीर्थकुमार थापाले बताए ।

त्रिभुवन विश्वविद्यालय परिसरमा बिहीबार राष्ट्रिय आविष्कार केन्द्रका संयोजक महावीर पुनलाई भेटेर सो रकम हस्तान्तरण गरेका हुन्। हस्तान्तरण कार्यक्रममा अर्जुन शाही, कुमार राना, देउरुपा थापा र वृहस्पति बराल मगरको उपस्थिति थियो ।

आविष्कार केन्द्रका अध्यक्ष पुनले सहयोगी हातहरुलाई धन्यवाद दिए । यस्तै सिर्जनामा थप पे्ररणा पुगोस् भनेर हामीले आविष्कार केन्द्रलाई सहयोग गरेका हौं, अध्यक्ष थापाले भने, विभिन्न सामाजिक गतिविधिमा सहभागी हुन पाउँदा हामीलाई खुशी लाग्छ ।’ सुनसरी धरानको सत्य शाही केन्द्रमा रहेका असाय बालबालिकालाई सहयोग गर्न त्यसतर्फ जान लागेको योजना अध्यक्ष थापाले सुनाए ।

पुनको अवधारणामा बन्न लागेको केन्द्रलाई देशविदेशमा सहयोग अभियान चलेको छ ।आविष्कार केन्द्रले प्रतिभा पलायनलाई रोक्ने र त्यसले मुलुकलाई सम्पन्नशाली बनाउने उनको दाबी छ ।

प्रतिक्रिया