२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

नेपाल प्रवाशी तामाङ युवा मञ्च मलेसियाको सोनाम ल्होछारको बृहत सास्कृतीक कार्यक्रम तयारी पूरा

2287 Shares
Spread the love

जोहोरबारु मलेसिया – नेपाल प्रवाशी तामाङ युवा मञ्च मलेसियाले २८५६ औं सोनाम ल्होछारको बृहत सास्कृतीक कार्यक्रम तथा प्रथम बार्षिकत्सबको तयारी पूरा भएको  छ।

“सोनाम ल्होछार घरघरमा मानाऔं ,तामाङ संस्कार र सस्कृतिको संरक्षण एबम सम्बर्द्धन गरौं” भन्ने मुल नाराको साथ नेपाल प्रवाशी तामाङ युवा मञ्च मलेसियाले २८५६ औं सोनाम ल्होछार जिवा नम्युङ ल्हो(मुसा बर्ग) को अवसर पारेर आयोजना गरिएको हो।

उक्त ल्होछार कार्यक्रममा अन्तर्राष्ट्रिय तामाङ परिषद पुर्बी एसिया संयोजक सदस्य तथा हामी नेपाली ग्लोबल अन्तर्राष्ट्रिय सस्थाका सस्थापक सदस्य फुर्वा दोर्जे मोक्तानको प्रमुख अतिथिमा मलेसिया जोहोर बारु स्थित होटेल ए बि न मा यहि  26 तारिख आइतबारको दिन बिहाना 10 बजे देखी सम्पन्न हुने कार्यक्रम संयोजक सबिन थिङ तामाङले जानकारी दिए ।

प्रवासमा रहेर पनि आफ्नो धर्म, संस्कार संस्कृति ,पहिचान र मौलिक परम्परा लाई जगेर्ना गर्ने उदेश्यले मलेसियामा कार्यरत रहेको आम तामाङ दाजुभाइ दिदिबहिनी हरु लाई एकीकृत गर्दै सो ल्होछार कार्यक्रम भब्यताको साथ मनाउने भएको बताए ।

कार्यक्रममा स्थानीय तामाङ कलाकार तथा गैर तामाङ कलाकारहरुको बेजोड प्रस्तुति रहने छ” साथै यस कार्यक्रमको सौजन्या ” गणड्कि रेस्टुरेन्ट सेनाई र धौलागिरी रेस्टुरेन्ट एन्ड फेन्सी पसलले गरिएको छ।

यस ल्होछार कार्यक्रममा मलेसियामा कार्यरत समस्त तामाङ तथा गैर तामाङ दाजुभाइ तथा दिदिबहिनीहरुमा गरिमामय उपस्थिति भै कार्यक्रमलाई सभ्य र भब्य सु- सम्पन्न पारि दिनुहुन कार्यक्रम संयोजक सबिन थिङ तामाङले आफ्नो ब्यक्तिगत तर्फबाट र संस्थाको तर्फबाट हार्दिक आह्वान गरिएको छ।

प्रतिक्रिया