२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

बेलायतबाट दोलखास्थित बिद्यालयलाई सहयोग सामाग्री पठाईने

2224 Shares
Spread the love

लण्डन । दोलखा जिल्लास्थित श्री जनज्योति माध्यमिक विद्यालयको शैक्षिकसंगै प्राविधिक ज्ञानका लागि बेलायतबाट सहयोग सामग्री पठाइने भएको छ । दोलखा निवासी रवि उप्रेतीको अगुवाईमा सुरु गरिएको सामाजिक कार्यमा धेरैले साथ दिएपछि ल्यापटप लगायतका सामाग्री पठाउन लागिएको हो ।

दोलखा वैतश्वर गाउँपालिकामा रहेको उक्त विद्यालयमा ६ थान ल्यापटप पठाउन लागिएको समाजिक अभियन्ता रवि उप्रेतीले बताए । आफूले सानो अनुरोध गर्दा बेलायतस्थित नेपाली समुदायबाट स्वतस्फूर्त रुपमा सहयोग पाएको खुशी समेत उप्रेतीले व्यक्त गरे ।

                                                                                          रवि उप्रेती

सहयोग गर्नेमा एनआरएनए इंग्ल्याण्ड राज्य परिषद्का अध्यक्ष दिपक श्रेष्ठ, आइसीसी सदस्य ललित न्यौपाने, डाक्टर मुकुन्द बास्तोला, समाजसेवी तथा व्यवसायी तिलक भट्टराई, जनसम्पर्क समिति यूकेका उप-सभापती युबराज सिंह , रेशम बस्याल लगायत छन । तामाङ गाउँको बीचमा अवस्थित जनज्योति विद्यालयमा ल्यापटप पुगेपछि बालबालिका लाभान्वित हुने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया