२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

एनआरएन यूके आर्थिक प्रतिवेदनबारे ‘बाहुन पत्रकाहरुले भ्रम छरे’ : एनआरएन आइसिसी सदस्य फगामी

3853 Shares
Spread the love

लण्डन । एनआरएन यूकेका निवर्तमान अध्यक्ष एवम् आइसिसी सदस्य योगकुमार फगामी हालै सार्वजनिक भएको एनआरएनए यूकेको आर्थिक प्रतिवेदनबारे समाचार लेख्ने पत्रकारहरुविरुद्ध खनिएका छन् ।
एनआरएनए यूकेको आर्थिक प्रतिवेदनबारे समाचार लेख्नुका पछि ‘बाहुनवादु कारण रहेको भन्दै फगामीले सामाजिक सञ्जालमा तल्लो स्तरको आरोप लगाएका छन् ।
एक फेसबुक पेजमा शेयर भएको समाचारमा कमेन्ट गर्दै उनले लेखेका छन् , ुयो भ्रम समाचार बाहुनवादले गरेछन् र अहिलेसम्म यी अबुझ जनजातीले मात्र कमेन्ट गरेका छन् । यी पत्रुकार कुन समुदायका हुन् र यी ब्रमानवादको पछि लागेर नै हामी कहाँ छौं रु उनका अविश्वासको समाचारमा कमेन्ट तपाईं जनजाति सोच्नु ।

निकै अशुद्ध लेखिएको आफ्नो कमेन्टमा फगामीले ‘बाहुन पत्रकारुहरुले आफुविरुद्ध भ्रम छरेको घिनलाग्दो आरोप लगाएका छन् । साथै, ‘बाहुनवादुका पछि नलाग्न भन्दै उनले जनजाति समुदायको सहानुभुति बटुल्ने प्रयास गरेका छन् ।

प्रधानमन्त्री ओलीको बेलायत भ्रमणमा सुनको उपहारको लागि ३ सय ५० पाउण्ड तथा अर्थमन्त्री युवराज खतिवडाको कार्यक्रमको लागि २ हजार खर्च भएको भनी एक फेसबुक प्रयोकर्ताले कमेन्ट गरेको ठीक तल फगामीको कमेन्ट छ । समाचारलाई भ्रम छर्ने प्रयास भनेका उनले समाचारको कुन विवरण झुट्टो हो भने भन्न सकेका छैनन् । उनले आफ्नो कमेन्ट भने अहिले डिलिट गरेका छन् ।

यसअघि फगामी नेतृत्वको कार्यकालमा संस्थाको कोष पूरै सकिएको विवरणसहितको आर्थिक प्रतिवेदन गत आइतबार बसेको एनआरएनए यूके बैठकमा पेश भएको थियो ।
फगामी कार्यसमितिले अघिल्लो कार्यसमितिबाट बुझेको ३७ हजार ५ सय २२ पाउण्ड ७१ पेन्स, सदस्यता शुल्कबाट उठाएको १ लाख ३८ हजार ९०० पाउण्ड र उम्मेदवारी शुल्कबापत उठाएको ६८ हजार ७ सय गरी जम्मा भएको कुल २ लाख ४५ हजार १ सय २२ पाउण्ड ७१ पेन्स भन्दा पनि थप १० हजार पाउण्ड खर्च भएको देखाइएको छ ।

जसमा निर्वाचन खर्च १ लाख ११ हजार पाउण्ड बढि रकम, डेटा इन्ट्रीका लागि ३० हजार पाउण्ड बढि रकम, एम्पायर हलको भाडा ३३ हजार बढि रकम, सेक्युरिटीमा १२ हजार पाउण्ड बढि रकम र रेष्टुरेन्टमा खाएको ९ हजार पाउण्ड भन्दा बढि रकम खर्च भएको देखिन्छ ।

प्रतिक्रिया