२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

कतार घेदुङद्वारा ल्होछार ऎतिहासिक सम्पन्न, नसोचेकै जनमास

5578 Shares
Spread the love

कतार।

नेपाल तामाङ घेदुङ प्रवास कार्यसमिति कतारले आयाेजनामा २८५६ औं साेनाम (जीवा ल्हाे/ नाम्यूङ बर्ष) ल्होछार समाराेह तथा प्रथम वार्षिकाेत्सव- २०२० संस्थाका का.वा. अध्यक्ष ज्ञानमान थिङ तामाङ ( तारा ) को सभापतित्वमा तथा नेपाली राजदुतावास दाेहा कतारका महामहिम राजदूत डा.नारदनाथ भारद्वाजको प्रमुख आतिथ्यमा एसियन टाउन, ग्राण्ड मलमा अबस्थित क्रीकेट स्टेडियमको सभाहलमा गत शुक्रबार १७ जनवरी २०२० मा उल्लासमय वातावरणमा ऎतिहासिक रुपमा सम्पन्न भएको थियो।

उक्त कार्यक्रममा विशिष्ट अतिथिगण: एनआरएनए आईसिसि पुर्व मानार्थ सदस्य कमलमणि गुरागाँइ, नेपाली राजदूतावास कतारका द्वितीय सचिव प्रविण भट्टराई , तृतीय सचिव तुलसि प्रसाद काेईराला, एनआरएनए एनसिसि कतारका अध्यक्ष माेहमद मुक्तदा मुसालमान, एनआरएनए एनसिसि हङकङका महासचिव गाेकर्ण ढकाल, प्रवासी नेपाली एकता मंन्च कतारका अध्यक्ष चाणक पाेख्रेल, जनसम्पर्क समिति कतारका सभापति शंकर न्याैपाने, नेपाली समाज कतारका अध्यक्ष हिराधन राई, संघिय लिम्बुवान कतारका अध्यक्ष रेखा राई , प्रदेश नं. ३ समन्वय समिति कतारका अध्यक्ष समीर के सि, गण्डकी प्रदेश कतारका बरिष्ठ उपाध्यक्ष प्रेम रसाइली , लुम्बिनी प्रदेश कतारका प्रथम उपाध्यक्ष ठाकुर कुमार परियार, नेपाली धानुक सेवा समाज कतारका सचिव सुर्यनरायण मण्डल, तमु प्ये ल्हु संघ कतारका अध्यक्ष रविन्द्र तमु, तमु गुरुङ समाज कतारका महासचिव तेज गुरुङ , किराँत याकथुङ चुम्लुग कतारका प्रतिनिधि सगर लिम्बू, व्यवसायी तथा समाजसेवी दिलकिरण खजुम, सागर अधिकारी , सलिम खान, समाजसेवी तथा बुद्धिजीवी प्रेम लामा तामाङ उपस्थिति रहेका थिए । अतिथिहरुमा सिन्धुली सेवा समाज कतारका कार्यबाहक अध्यक्ष निस बहादुर सुनुवार, सर्लाही प्रवासी सेवा समाज कतारका अध्यक्ष कुमार न्याैपाने, नुवाकोट सेवा समाज कतारका कार्यबाहक अध्यक्ष रामहरि अधिकारी ,खाेटाङ सेवा समाजका उपाध्यक्ष डिल्ली सेर खड्का ,अर्घाखाँची सेवा समाज कतारका उपाध्यक्ष बम बहादुर बस्नेत, काभ्रेपलान्चोक सेवा समाजका अध्यक्ष नारायण विष्ट, बुद्वभुमि कपिलबस्तु सेवा समाजका अध्यक्ष अख्तर अलिखान, समाजसेवी सहनावाज पखेज, यज्ञ प्रसाद दाहाल , चितवन सेवा समाज कतार प्रतिनिधि ईश्वर पाैडेल, तामाङ विगाे परिवारका राजिव तामाङ , लिमाे लाईटका सलिम खान, नुवाकोट जिल्ला साल्मे संगमका वडा अध्यक्ष एकराज घले साथै मिडिया कर्मी, सिभ राज गौतम, डिबि तामाङ, लिला आले मगर, राज लुजाल, दिनेश मानन्धर लगायतको बृहत् उपस्थिती रहेको थियो ।

तामाङ समुदायको मौलिक कला ,संस्कार संस्कृति भेष भुषा,भाषा, धर्म, लिपिको सम्बर्द्धन तथा प्रबर्द्धन गर्ने उदेश्यले ” सोनाम ल्होछारको प्रवर्द्धन ,, हाम्रो साँस्कृतिक एकताको मूल नारा,ताम्सालिङ प्रदेशको स्थापना,, हाम्रो राजनीतिक एकताको मूल अभिभारा !!’ भन्ने मुल नाराका साथ आयोजित ल्होछार कार्यक्रम बौद्धधार्मिक अनुसार लामा गुरुहरुद्वारा पुजापाठ शुद्धता गरि, मोलम मन्त्र प्रवचन पश्चात् सभापति, प्रमुख अतिथी, बिशिस्ट अतिथिहरुद्वारा संयुक्त रुपमा दिप प्रज्वलन , राष्ट्रिय गान बाचन गरि समारोह उद्घाटन गरिएको थियो भने बिशेष गरि नुवाकोट, रसुवा, धादिङ भेगमा प्रचलित संस्कार लामा नाच, घोडा नाच, बदेल नाच, खन्डङ् नाच लगायत विभिन्न झाँकी कला प्रदर्सन गरेका थिए। संस्कृति घेदुङ कतारका स्थानीय कलाकार हरुले स्वागत नृत्य, ताम्बा घेदुङ कतारले स्वागत गित प्रस्तुत गरेको थियो।

आमन्त्रित अतिथी कलाकारहरुमा: फुल कुमार बम्जन, पुर्णिमा लामा, शुभ घलानको दम्दार प्रस्तुतिले झनै माहोल गर्माएको थियो। ल्होछार प्रेमी दर्शकहरु अतिथिहरुहरु समेत मञ्चमा पुगेर डम्फु बोकेर नाच्दै झुमेका थिए। अतिथिकलाकार सघाउन नेपाल तामाङ संस्कृति घेदुङ कतार का स्थानीय कलाकारहरु:- (नृत्य प्रस्तुतितर्फ): कोरियोग्राफर/डान्सर, बाबुलाल घिसिङ (आदम), डान्सहरु, सुन्तु तामाङ, उत्तम तामाङ, आइती तामाङ, प्रशान्त तामाङ, किरण तामाङ, जेम्स तामाङ, प्रकाश तामाङ, दावा तामाङ, मन्जु तामाङ, गोइजिन तामाङ, सबिना तामाङ, संजिता मोक्तान , प्रीय माया योञ्जन, संजिता पाख्रीन, सुरक्षा गोले, जीवन तामाङ, कल्पना तामाङ, सन्चमाया तामाङ, मिना तामाङ, मुना तामाङ, मान कुमार तामाङ, (गायन प्रस्तुतिमा):- गौतम तामाङ, प्रनिल तामाङ, अरुण योञ्जन लामा, युवराज योन्जन लामा, आशा राई, सुर्जे ब. तामाङ लगायतका स्थानीय कलाकारहरुको बेजोड प्रस्तुतिले अझै मनोरञ्जन दिलाएका थिए।

प्रतिभा र क्षमता भएर पनि तामाङ जाती अवसरको कमिले निश्चित दायरामा बाध्य भएर बस्नुपरेको अवसर पाएमा तामाङ जातिले राष्ट्र निर्माणमा ठूलो योगदान पुग्ने मत नेपाली दूतावासका महामहिम राजदुत डा. नारदनाथ भारद्वाजले राख्नुभयो । ल्होछार समारोहलाई सम्बोधन गर्दै महामहिम ले कतारमा रहँदा त्यस देशको कानुनको पालना गर्दै नेपाल र नेपाली समाजप्रती उत्तरदायी हुन समेत सबैलाई अनुरोध गर्नुभएकोछ । उहाँले थप्नु हुन्छ तामाङहरु हरेक क्षेत्रमा धेरै विद्धान छन्, सबैले चिनेने प्रख्यात नाम सुवास घिसिङ, बिमल तामाङ, बिनय तामाङ, कला प्रस्तुत गरि भारतलाई हल्लाउने प्रशान्त तामाङ, कुन्ती मोक्तान येही समुदायक प्रतिभाशाली कलाकारहरु हुन् । यस्तो ऎतिहासिक समारोहमा छोटो समयको लागि भएपनि उपस्थित हुने अबसर मिलेकोमा आफैलाई गौरवान्वित ठानेको छु।

देशको विभिन्न राजनितिक गतिविधिमा तामाङ जातिको योगदान र सहभागीको बारेमा नेपाली प्रवासी सम्पर्क मन्चका अध्यक्ष चाणक पोख्रेलले बताउनुभयो । तामाङ जातिले प्रवासमा आफ्नो मौलिक पहिचानको प्रबर्द्धनमा गरेको प्रयासको निरन्तरता राख्दै अन्य धर्म समुदायसङ सहकार्य गर्नुपर्ने बिचार पत्रकार महासंघका अध्यक्ष करिम बकस मियाँ ले शुभकामना मन्तव्यका क्रममा राख्नुभयो ।

पर्वमा सरकारले सार्वजनिक विदाको व्यवस्था गर्नुपर्ने र राष्ट्रिय महत्वको विषय हुनुपर्ने मत राख्दै तामाङ जाति लगायत नेपालका आदिवासी जनजातिमाथी राज्यले गरेको विभेदकारी नीति खारेज खारेज गर्नुपर्ने माग नेपाली समाज कतारका अध्यक्ष हिराधन राइले राख्नुभयो ।

कार्यक्रम मा अन्य बिशेष अतिथि तथा अतिथि हरुले शुभकामना मन्तब्य तथा प्रवासमा रहेर आफ्नो समुदायको मौलिक पहिचान कला, संस्कृति, भाषा लिपि, धर्म को जगेर्ना र प्रवर्धन हुने कार्य गरेकोमा खुसि व्यक्त गर्दै आयोजक लाई बधाई समेत दिनु भएका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै संस्थाका प्रमुख सल्लाहकार बिनेश तामाङले सम्पुर्ण प्रवासी र भएर समाज बिकासमा एकजुट हुन आग्रह गरेकाछन । संस्थाका कार्यवाहक अध्यक्ष तथा समारोहका सभापति ज्ञानमान थिङ् तामाङ तारा ले ल्होछारको शुभकामना व्यक्त गर्दै कार्यक्रममा उपस्थित अतिथि कलाकार, अतिथिगण, कार्यक्रम सफलता पार्नुको निम्ति अहोरात्र खट्ने आयोजक टिम लगायत, प्रायोजकहरु, सपोर्टर, स्थानिय कलाकार , पत्रकार साथै प्रत्यक्ष, अप्रत्यक्ष रुपमा साथ सहयोग गर्नुहुने सम्पूर्णमा हार्दिक कृतज्ञता ब्यक्त गर्दै कार्यक्रम समापन गर्नु भएको थियो ।

नगरपालिका बलदिया को अनुमति पत्र प्राप्त उक्त समारोहमा स्थानिय प्रहरी प्रशासन सुरक्षा कर्मी साथै सेक्युरिटी गार्ड सुरक्षा दिन तनाथ देखिन्थ्यो।

उक्त लोछार समारोह सुरुदेखि अन्त सम्म संस्थाका सचिव बिकास तामाङ ले सौन्दर्यात्मक ढंगले सञ्चालन गरेको थियो। औपचारिक दिने क्रममा स्वागत मन्तव्यका साथै घेदुङ्को पृष्ठभुमि, इतिहासको बारेमा संस्थाका बिशेष सल्लाहकार इन्द्र ब. तामाङले प्रस्ट्याएका थिए ।

प्रतिक्रिया