लन्डन । बेलायतको नेपाली समुदायभित्रका प्रतिभाहरुको खोजी गर्ने कार्यक्रम प्रतिभा नक्षेत्रको फाइनल यहि आइतबार अगस्ट १९ मा आयोजना हुंदैछ ।
नेपालि मौलिकता ,नेपाली संस्कृति, कला, साहित्य, संस्कारलाइ संरक्षण गर्ने र प्रवासि नेपालीहरूको दोस्रो पुस्तामा नेपाली मौलिकता, बाल तथा युवा प्रतिभा प्रतियोगिताको माध्यामबाट हस्तान्तरण गर्ने कार्यक्रम ,प्रतिभा नक्षत्र रहेको जानकारी प्रतिभा नक्षत्र कि अध्यक्ष सिम्मी पुनले दिनुभयो ।
सो प्रतियोगिता नेपालीका साथसाथै, बेलायतबासी अरू समुदायहरूपनि आएको खन्डमा , सहभागी गराउने उदेश्यले खोलिएको गैर्हनाफामुलक संस्था रहेको छ।
यस प्रतियोगिताको लागि बेलायतको लन्डन, स्कटलेन्ड, योर्क, इसेक्स,सरी, डार्टफार्डबाट बिभिन्न बिधामा प्रतियोगिहरूको निवेदन परेको थियो । निबेदन परेको बिधाहरूमा गायन, कबिता, नृत्य, बाद्यबादन ( हारमोनियम, भाइलिन , गिटार ) , अ।र्टहरू छन। प्रतियोगिहरूलाइ प्रत्योक दिन जसो मेन्टरहरूले अभ्यास स्थल र अनलाइनको माध्यामबाट सुपरभिजन गरि अगस्ट ९, बिहिबारका दिन, गोर्खा क्लब ,प्लमस्टेडमा अडिशन गरि छानिएको छ।
अन्तिम प्रतियोगिता अगस्ट १९ को लागि बाल समुहबाट १६ जना र युवासमुहबाट १२ जना प्रतियोगिहरू छन , निर्णयकहरूले यिनै सहभागिहरू मध्येबाट युवा र बाल समुहका प्रतिभा नक्षत्र २०१८ को बिजयीहरू घोषणा गर्ने छन् ।
यसबर्ष युवातर्फ प्रथमहुने लाइ पाउन्ड ५०० , दोस्रोहुने लाइ ३००, तेस्रोहुने लाइ २०० र बाल तर्फ प्रथमहुने लाइ पाउन्ड ३०० , दोस्रोहुने लाइ २००, तेस्रोहुने लाइ १०० का साथै ट्रफि तथा प्रतिभा नक्षत्र २०१८को उपाधिसहित बेलायतमा हुने बिभिन्न अबसरहरूमा प्रतिनिधित्व गर्ने अवसर दिइने जानकारी आयोजकहरुले दिनुभयो ।
यस कार्यक्रमलाइ सफल बनाउन कार्यक्रम आयोजक कमिटि अहोरात्र खटिरहनु भएको छ। यो अभियानलाइ बेलायतका बिभिन्न संघ ,संस्थाहरू , संस्थाका पदाधिकारीहरू, सामाजिक अभियन्ताहरू, पत्रकारहरू, बेलायतबासि आमाबुबा , दिदिबहिनी दाजुभाइतथा महानुभाबहरूको आर्थिक र नैतिक समर्थन रहेको , वहाहरू सबैमा प्रतिभा नक्षत्र कि अध्यक्ष सिम्मी पुन हार्दिक आभार र धन्यबाद ब्यक्त गर्नुहुन्छ ।
साथै आउदो गरेको प्रतिभा नक्षत्र २०१८ को कार्यक्रममा सहभागि भएर स साना बाल बालिका तथा युवाहरूलाइ प्रत्साहन गर्दै कार्यक्रमको मनोरन्जन लिन अ।व्वाहान गर्नुहुन्छ। कार्यक्रमको अ।र्थिक सहयोगको लागि टिकट मुल्य १० पाउन्ड र ५ पाउन्ड ( ६ बर्ष वा सो भन्दामाथि देखि १६ बर्ष सम्मका लागि) , जानकारी वा जिज्ञासका लागि प्रतिभा नक्षत्रको फेसबुक पेज वा [email protected]मा सम्पर्क गर्नसक्नुहुने छ ।
