![](https://nepalsansar.com/wp-content/uploads/2018/06/काजल_अग्रवालको_बलिउड_यात्रा___१४_वर्षमा_मात्र_चार_फिल्म3773.jpg)
मुम्बई। काजग अग्रवाल, मुम्बईको एक पंजाबी परिवारकी यी अभिनेत्रीले आफ्नो करियरको सुरुवात बलिउडबाट गरेको भएपनि उनको पहिचान भने दक्षिण भारतीय फिल्मबाट भएको छ। मास कम्युनिकेशनको अध्ययन गरेकी काजलले केही समयसम्म सम्म मिडियाको पढाइ रहेर मोडलिङतर्फ आकर्षित भइन्।
मुम्बइबाट आफ्नो अध्ययन गरेकी काजलले फिल्मकालागि ग्रेजुएशनपछि पढाइ छोड्दिन्। काजलले आफ्नो करियरको सुरुवात २००४ मा रिलीज भएको फिल्म ‘क्यो हो गया न’ बाट गरेकी थिइन्। विवेक ओबेराय र ऐश्वर्या राय अनिनित यो फिल्ममा काजलले छोटो भूमिका निर्वाह गरेकी थिइन्। यो भूमिकाबाट उनलाई बलिउडमा काम नमिलेपनि दक्षिण भारतीय निर्देशकले भने उनलाई नोटिस गरे।
मोडलिङको दुनियामा काजलले राम्रो काम गरिन् र एक दुई विज्ञापनपछि उनले तेलेगु फिल्म ‘लक्ष्मी कल्याणम’ काम काम गर्ने अवसर प्राप्त गरिन्। त्यसपछि काजलले लगातार ५ फिल्ममा काम गरिन्। यद्यपी ती फिल्म बक्स अफिसमा सफल हुन सकेनन् र, काजल सुपरहिट हुन सकिनन्। यो क्रममा उनलाई बलिउडमा पनि काम मिलेन।
तर, फेरि २००९ मा रिलीज भएको फिल्म ‘मगधीरा’ ले काजल अग्रवालकालागि सबै समिकरण परिवर्तन गरिदियो। मगधीरामा राजकुमारीको उनको भूमिकालाईलाई दर्शकले मन पराए र उनलाई महत्वपूर्ण फिल्मबाट अफर पनि आउन थाले। बाहुवली फेम प्रभाससँग उनको फिल्म ‘डार्लिङ’ लाई पनि दर्शकले मन पराए अनि काजल हिट लिस्टमा पर्न सफल भइन्।
२०११ मा सिंघममा अजय देवगनसँग निभाएको भूमिकाकालागि काजललाई बेस्ट डेब्यूको नमिनेश पनि प्रदान गरियो। २०१३ मा उनले दोस्रो हिन्दी फिल्म ‘स्पेशल २६’ मा अभियन गर्ने मौका पाइन्। फिल्म सुपर हिट भयो। तर, फिल्ममा काजलको भूमिका छोटो थियो। काजलले योबीचका कयौं दक्षिण भारतीय फिल्ममा काम गरिन्।
काजलसँग तमिल र तेलेगु सिनेमाका कयौं राम्रा र बक्स अफिमा सफल फिल्म छन्। तर, बिडम्बना के छ भने १४ वर्षदेखि फिल्ममा सक्रिय यी अभिनेत्रीले अहिलेसम्म बलिउडका मात्र चार वटा फिल्ममा अभिनय गरेकी छन्। जसमध्ये सिंघममा उनको मुख्य भूमिका थियो।
२०१६ मा उनले धेरै फिल्ममा अभियन गरिन्। त्यसमा एउटा हिन्दी फिल्म ‘दो लफ्जो की कहानी’ पनि शामेल छ। तर काजललाई यो फिल्मबाट खासै फाइदा भएन। बलिउडमा १४ वर्षमा ४ फिल्म गर्ने शायद उनी एक्ली अभिनेत्री हुन्।