२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

रेडिंग नेपाली समाजको पहिलो स्मारिका बिमोचन

1748 Shares
Spread the love

रेडिंग । ग्रेटर रेडिंग नेपाली समाज यूकेले आफ्नो स्थापना काल २००१ देखी हाल सम्मका बिभिन्न गतिबिधिहरु सम्मिलीत पहिलो स्मारिका प्रकाशन गरि एक भब्य कार्यक्रमको आयोजना गरि बिमोचन ( लोकार्पण ) गरिएको छ ।

रेडिंगको सिमेन्ट्री जंसन स्थित The Warehouse को कार्पेट हलमा आयोजित सो बिमोचन समारोहको प्रमुख अतिथी गैरआवासीय नेपाली संघ युके राज्य समन्वय परिषद, इंग्ल्याण्ड अध्यक्ष दिपक श्रेष्ठ थिए भने कार्यक्रमको सभापतित्व रेडिंग नेपाली समाजका अध्यक्ष्य टेक बहादुर गुरुंगले गरेका थिए । बिशेष अतिथीको रुपमा साहित्य संगम युकेका संस्थापक बिनोद अधिकारी लगायत रेडिंग नेपाली समाजका पुर्ब अध्यक्ष्यहरु अर्जुन बस्नेत , मान बहादुर गुरुङ र कृष्ण न्यौपाने र सल्लाहकार हरु राम गलामी , क्याप्टेन सि वी पुन , जानकी कायस्त र रामेश्वर थापा लगायतको उपस्थिति थियो ।

यसै गरी वेम्ली नेपाली समाज ( Codec ) का अध्यक्ष्य शंकर दाहाल पनी ऊपस्थित हुनुभएको थियो । कार्यक्रमको शुरुमा संस्थाका अध्यक्ष्य टेक गुरुङले प्रमुख अतिथी गैरआवासीय नेपाली संघ युके राज्य समन्वय परिषद, इंग्ल्याण्ड अध्यक्ष दिपक श्रेष्ठलाई खादा लगाएर स्वागत तथा सम्मान गर्दै नब निर्बाचित अध्यक्ष हुनुभएकोमा बधाई पनी ब्यक्त गरेका थिए । उपाध्यक्ष यादब श्रेष्ठले आगन्तुक सबैलाई स्वागत गर्दै आफ्नो मन्तब्य ब्यक्त गरेका थिए । स्मारिका बिमोचन पुर्ब सॅस्थाका पुर्ब अध्यक्ष्यहरु क्रमस अर्जुन बस्नेत , कृष्ण न्यौपाने र मान बहादुर गुरुङले पनी आ-आफ्ना धारणा राखेका थिए ।

कार्यक्रमको मध्य भागमा प्रमुख अतिथी अध्यक्ष दिपक श्रेष्ठको साथमा सभापती टेक गुरुङ तथा सम्पूर्ण पुर्ब अध्यक्ष्यहरु र बिशेष अतिथीहरुले संयुक्त रुपमा स्मारिका बिमोचन( लोकार्पण ) गरेका थिए । स्मारिका बिमोचन लगत्तै सॅपुर्ण ऊपस्थित महानुभाबहरुलाई स्मारिका बितरण गरिएको थियो ।

कार्यक्रमको दोस्रो चरणमा साहित्य संगम युकेका संस्थापक बिनोद अधिकारीले स्मारिकाको बारेमा समालोचनात्मक बिबेचना प्रस्तुत गरेका थिए भने कबी लाल गुरुङ, कबियत्री निर्मला न्यौपाने र लक्ष्मी पौडेलले आआफ्ना रचना पाठ गरेका थिए ।

यसै गरी कार्यक्रममा स्मारिका भित्र समाहित केहि कबिताहरु ( मनी सुबेदीको “युवा “ र ओमकार अधिकारीको “सत्ता अब चलाऊने छु मैले “ शिर्षकका कबिताहरु पनी प्रस्तुत गरेका थिए । कार्यक्रमका प्रमुख अतिथी दिपक श्रेष्ठले एनआरएनए यूके र नब गठित राज्य समितीको बारेमा प्रकास पार्दै GRNCA को स्मारिका बिमोचन कार्यक्रममा प्रमुख अतिथीको रुपमा सहभागी हुन पाऊॅदा खुसी पनी ब्यक्त गरेका थिए ।

रेडिंग नेपाली समाज र गैरआवासीय नेपाली संघ युके राज्य समन्वय परिषद, इंग्ल्याण्ड बिच समन्वय गरी भबिस्यमा धेरै कार्यक्रमहरु गर्न सकिने र भबिस्यमा रेडिॅग नेपाली समाजले गर्ने हरेक कार्यक्रममा गैरआवासीय नेपाली संघ युके को साथ र सहयोग रहने कुरामा आस्वस्त पार्नुभयो । अन्त्यमा कार्यक्रम सभापतीको हैसिंयतले अध्यक्ष्य टेक गुरुंगले आगन्तुक सबैलाई धन्यबाद ज्ञापन गर्दै आफ्ना भनाईहरु राखेका थिए । उनले सॅस्थाको स्थापना काल पछि १९ बर्षमा प्रकाशित पहिलो स्मारिका आगामी अंकहरुमा सुधार गर्दै लैजाने प्रण गरे ।

यसैगरी उनले हरेक दुई दुई बर्षमा नयां कार्यसमिती आउने भएकोले कमसेकम हरेक कार्यसमितीले नयां अंक थप्ने काम गरोस् र यहि स्मारिकालाई आधार मान्दै थप परिस्कृत र गुणस्तरिय बनाउदै यस अंकमा भएका सामाग्रीहरुलाई यथाबत राख्दै हरेक कार्यकालमा यस स्मारिकाको पानाहरु थप्ने काम गरोस् भन्दै यस भन्दा पछाडिका कार्यसमितीलाई अग्रीम अनुरोध र शुभकामना कुरा पनी ब्यक्त गरे । कार्यक्रमको सॅचालन सॅस्थाका महासचिब ओमकार अधिकारीले गरेका थिए।

प्रतिक्रिया