२०८३, ११ असार बिहीबार
×

ट्रेन्डिङ

वाजपेयीको अन्तिम संस्कारमा सहभागी हुन मन्त्री ज्ञवाली र उपसभापति निधि जाँदै

2747 Shares
Spread the love

काठमाडौं । भारतीय पूर्व प्रधानमन्त्री अटल विहारी वाजपेयीको अन्त्येष्टिमा सहभागी हुन नेपाल सरकारका तर्फबाट परराष्ट्र मन्त्री प्रदीप ज्ञवाली जाने भएका छन् । दक्षिण एसियाका राष्ट्रका तर्फबाट हरेक प्रतिनिधि जाने निर्णय अनुसार मन्त्री ज्ञवाली जान लागेका हुन् ।

त्यसैगरी प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका तर्फबाट उपसभापति विमलेन्द्र निधि पनि मन्त्री ज्ञवालीसंगै भारत जाँदैछन् ।

वाजपेयीले दक्षिण एसियाले विशेष प्राथमिकता दिएर हेर्ने गरेको छ ।

वाजपेयीको अन्तिम संस्कारमा सहभागी हुन दक्षिण एसियाका देशका प्रतिनिधिहरु भारत पुग्ने क्रम जारी रहेको बताइएको छ ।

पाकिस्तानबाट कानुन तथा संचार मन्त्री अलि जाफर पनि भारत पुग्दैछन् ।

प्रतिक्रिया