1087
Shares
लण्डन । संयुक्त अरब इमिरेट्स (युएई) मा नेपाली कामदार सवार भएको मिनिबस दुर्घटनामा परेको छ।
गल्फ न्यूज अनलाइन समाचार प्रोटलका अनुसार १८ नेपाली कामदारसहित २४ जना रहेको उक्त मिनिबस अबुधावीमा बिहीबार करिब ५ः३० मा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको र नेपाली सहति १६ जना घाइते भएका छन् ।
अनलाइनमा राखिएको भिडियो अनुसार प्रवासी कामदार बोकेको बसले मालबहाक लरीलाई पछाडिबाट ठक्कर दिँदा दुर्घटना भएको हो।
मृत्यु भएकाहरुको सनाखत हुन बाँकीनै छ ।