1750
Shares
लण्डन । नेपाल जनसम्पर्क समिति बेलायतका अध्यक्ष युवराज गुरुङले थारु समुदायको प्रमुख चाड माघी तथा नेपालका सबैजसो भूभागमा मनाइने माघेसङ्क्रान्तिका अवसरमा शुभकामना दिनुभएको छ । आज (बुधबार) एक सन्देश जारी गर्दै गुरुङले शुभकामना दिनुभएको हो ।
गुरुङले जारी गर्नुभएको शुभकामना सन्देशमा भनिएको छ– ‘स्वदेश तथा विदेशमा रहनुभएका नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गर्दछु ।’
नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विविधताका बीच सुदृढ एकताको विशेषतायुक्त देश भएको र नेपालमा प्रचलित बहुमूल्य सम्पत्तिका रुपमा रहेका पर्वलाई विगत देखिनै संरक्षण गर्दै आएको बताउँदै अध्यक्ष गुरुङले सुदृढ एकता र सहिष्णुताको यस पूँजीलाई देश निर्माणमा सदुपयोग गर्नुपर्नेमा जोड दिनुभएको छ ।