२०८३, ९ बैशाख बुधबार
×

ट्रेन्डिङ

अमिताभ बच्चन र शाहरुख खान १० वर्षपछि एकसाथ काम गर्दै

6072 Shares
Spread the love

एजेन्सी । बलिउड सुपरस्टार अमिताभ बच्चन र शाहरुख खान १० वर्षपछि फेरि एकसाथ देखिने भएका छन्।

उनीहरु निर्देशक सुजाय घोषको चलचित्र बदलामा एकसाथ देखिने भएका छन्। यो एक क्राइम कथामा बनेको बन्न लागेको चलचित्र हो। निर्देशक मुजायले एक अन्तवार्तामा भनेका छन्, जब फिल्ममा अमिताभ जस्ता अभिनेता हुने हो भने आधा लडाइ पहिले नै जित्ने थिइयो।  म उनलाई चलचित्रमा ल्याउन सक्दा निकै खुसी भएको छु।

उनले भनेका छन्, मैले केही समयदेखि तापनीसँग पनि काम गर्न चाहेको थियो। यो उनका लागि निकै उत्कृष्ट कथा छ। मेरो खुसी बढ्दै गएको छ। किनकी मैले शाहरुख खान जस्ता निर्माता, अमिताभ र तापसी जस्ता कलाकारसँग काम गर्ने मौका पाएको छु।

सुजायले यो चलचित्र निर्देशन गर्ने छन् भने शाहरुखले यसलाई निर्माण गर्न लागेका हुन्। शाहरुखले चलचित्रमा अभिनय भने गर्ने छैनन्।

प्रतिक्रिया