२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

लण्डनमा पृथ्वीजयन्ती मनाउन उर्लिए नेपालीहरु

670 Shares
Spread the love

तस्बिर : शिब भण्डारी


लण्डन । बेलायतमा  २९८औं पृथ्वीजयन्ती धुमधासँग मनाइएको छ । राष्ट्रवादी संगठन बेलायतको संयोजनमा  २९८औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइएको हो  ।

संयुक्त राष्ट्रवादी संगठन बेलायतका अध्यक्ष भारत क्षेत्रीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेपाली दूतावास लन्डनका उपनियोग प्रमुख शरदराज आरण प्रमुख आतिथि थिए ।

कार्यक्रममा बेलायतमा रहेका विभिन्न संघसंस्थाका प्रतिनिधिहरु लगायत विभिन्न व्यक्तिहरुको बाक्लो उपस्थिति रहेको थियो । सहभागीहरुले पृथ्वीनारायण शाहले वर्तमान नेपालको निर्माण गरेकै कारण नेपाली भएर बस्न पाएकोमा गर्व भएको बताउँदै नेपालको  इतिहास बेच्न नसकेको गुनासो पनि पोखे ।

no

राष्ट्रवादी नेपाली संगठन बेलायतका अध्यक्ष भरत क्षेत्रीले पृथ्वीनारायण शाहका देनका बारेमा चर्चा गरेका थिए ।

उक्त कार्यक्रममा विशेष अतिथी डा. राघव प्रसाद धिताल, दूतावासका कुमार बाबु थापा,काउन्सिलर बिष्णु गुरुङ, विकल चन्द्र आचार्य, गैर आवासीय नेपाली संघ यूकेकी रोजिना प्रधान राई लगायत उपस्थित सबैले पृथ्वीनारायण शाहको तस्विरमा  माल्यार्पण  गरेका थिए । कार्यक्रममा गायक प्रकाश गुरुङले स्वागत गान प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया