२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

चर्चित पप गायक धिरज राई र लोक गायिका सुनिता दुलालले युरोपमा धमाका मच्चाउँदै

1614 Shares
Spread the love

उज्वल गजुरेल

स्पेन । चर्चित पप गायकका रुपमा स्थापित गायक धीरज राई र चर्चित लोक गायिका सुनिता दुलाल यतिबेला युरोपमा धमाका मच्चाउँदै छन् । नेपाल भ्रमण बर्ष २०२० सुरुवातसँगै यी कलाकारहरुले गीतसंगीत मार्फत भिजिट नेपाललाई प्रोमोसन गर्दै नेपालको पर्यटन क्षेत्रमा सहयोग पुर्याउने उदेश्य सहित युरोपमा आफ्नो सांगीतिक कार्यक्रमलाई ब्यापक बनाएका छन्। युरोपका एक दर्जन देशहरूमा आफ्नो सांस्कृतिक कार्यक्रम संगै नेपाली समुदायलाई झुमाएका छन् ।यसैगरी पर्यटकीय शहर बार्सिलोनामा साथि संग मनका कुरा संयोजक सोनु राउतको सक्रियतामा शनिबार भब्य रुपमा सम्पन्न भएको छ । यस्तै आईतबार साँझ सारा ईभेन्टस इभेन्टस्को आयोजनामा स्पेनको राजधानी म्याड्रिडमा पनि धमाका हुने सारा इभेन्टस् संयोजक तथा समाजसेवी मेघनाथ ढकाल बताउँछन् । लोकदोहोरी संगै पप गितमा समेत म्याड्रिडबासी र स्पेनिशहरूले भरपुर मनोरञ्जन लिने संयोजक ढकालको दावी रहेको छ ।

चर्चित पप गायक राईलाई पप स्टारको ट्याग नपाएको भएपनि युवाहरुको माझमा भने उनी पप स्टारको रूपमा परिचित छन् ।

एक दर्जनभन्दा बढी गीति एल्बम सार्वजनिक गरिसकेका गायक राई झन्डै साढे २ दशक देखि सांगीतिक क्षेत्रमा क्रियाशील रहँदै आएका छन्। राईले बुद्व नेपालमा जन्मेको प्रचारप्रसार सहितको गीत लिएर देश विदेशको यात्रामा निरन्तर सक्रिय रूपमा देखिन्छन्। यी पप गायकले सुगम, लोक तथा रक शैलीका गीतमा समेत आफूलाई प्रमाणित गरिसकेका छन्। स्वदेशमा मात्रै नभइ राई र सुनिता दुलाल प्रवासमा पनि उतिकै चर्चित छन् ।

लोक गायिका सुनिता दुलाल देश–विदेशमा उत्तिकै चर्चित छिन्। उनका गीत संगीत रुचाउने फ्यानहरुको संख्या आजभोलि बढ्दो गतिमा देखिन्छ। पुरानो एवं लोकप्रिय लोकगीत ‘झम्के फूली नाकैमा बुलाकी’ नयाँ भर्सनमा उनकै आवाजमा सुन्न पाउदा दर्शकहरु मोहित समेत हुने गरेका छन् ।

ध्रुवराज खड्का र तिर्थकुमारीले गाएको यस गीतलाई अहिलेकी चर्चित लोकगायिका सुनिता दुलाल र घमेश दुलालले रिमिक्स गरेका हुन्। गायिका दुलाल अमेरिका,क्यानडा,अष्ट्रेलिया,युरोप लगायत संसारका बिभिन्न मुलुकहरुमा रहेका नेपालीहरु माँझ लोकप्रिय गायिकाको रूपमा आफुलाई दर्ज गराउन सफल समेत भएकी छिन् । तीजका गित होस् या अन्य रमाईलो सांगीतिक कोसेली पस्कदै आएकी चिरपरिचित गायिका हुन् । एनआरएनए स्पेन सल्लाहकार जिवन प्रसाईले भन्छन् “नेपाली कलाकार नेपाल र नेपालीलाई प्रवासमा बस्ने हामी सबैले हात्तेमालो गरी रमाईलो गर्नुपर्छ सबैलाई कार्यक्रममा उपस्थितिको लागि विशेष अनुरोध समेत गरेका छन् ।

म्याड्रिड म्युजिक नाईट नाम दिईएको उक्त कार्यक्रमका लागि अग्रिम टिकट शुल्क १५ युरो तथा हलमा नै पुगि लिएमा २० युरो लाग्ने कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको सारा इभेन्टस् संयोजक मेघनाथ ढकाल बताउँछन् । कार्यक्रम दिउँसो ४:३० बजेदेखि सुरु हुँदैछ।

एनआरएनए स्पेनका प्रथम उपाध्यक्ष उतर कुमार राईले आफु कार्य ब्यस्तताले नेपाल रहेको र कार्यक्रम भेट्न नसके पनि कलाकार भेट्न सोमबार विहान स्पेन म्याड्रिड आइपुग्ने बताए । प्रथम उपाध्यक्ष राईले भने सम्पुर्ण नेपालीहरूको साझा कलाकार सबैले उपस्थित भई रमाईलो संग सम्पन्न गर्न समेत आग्रह गरेका छन्। ।

कार्यक्रमबारे पूर्ण बिबरण :-

मिति:– १२ जनवरी २०१० आईतबार

स्थान:- glorieta de los carmenes 1

समय:– दिउँसो ४;३० बजेवाट

टिकट:– प्रि सेल १५ युरो,डोर टिकट २० युरो

आयोजक :- सारा ईभेन्टस ईन्टरटेन्मेन्ट

सपोर्ट:- एनआरएनए क्षेत्रीय समिति म्याड्रिड

प्रतिक्रिया