२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

सुनिता र धिरजले बार्सिलोनामा रमाईलो गर्ने

2211 Shares
Spread the love

भोला लामिछाने, यूरोप

लोक दोहोरीमा छुट्टै ख्याती कमाएकी सुमुधुर स्वरकी धनी सुनीता दुलाल साथै पप क्षेत्रका सदाबहार गायक धिरज राई यतीवेला यूरोप को सागेतीक भ्रमणका क्रममा स्पेनको बार्सिलोनामा उत्रीएका छन् । चिसो मौसममा पनी गायक धिरज राई र सुनिता दुलाल नेपाल भ्रमण वर्ष २०२० को प्रचार प्रसार सगै बुद्द वाज बर्न ईन नेपाल को सन्देश पनी बोकेर बिभीन्न सागेतिक कार्यक्रम हरू सगै न्यानो छर्दै बार्सिलोना उत्तीएका हुन् ।

बार्सिलनाको मारिना मा रहेको सान्चो रेष्टुरेन्टमा आयोजना गरिएको सागैतिक कार्यक्रमको पुरा तयारी गरिएको आयोजना तार्तम्य मिलाएका सोनु रावतले बताएका छन् । नेपाली कलाकर्मीहरू लाई माया गर्दै सागेतिक माहौलमा रमाउन र प्रवासमा पनीहामीले हाम्रो देशलाई चिनाऔ भन्दै कार्यक्रम आयोजना गरेका हौ उनले भने, पोर्चुगल बाट बार्सिलोना उत्रिएका उहा हरूलाई मोना स्पेनका पुर्व अध्यक्ष एवं हाम्रो नेपाल हामी नेपाली नामक संस्थाका अध्यक्ष सन्त बहादुर बहादुर क्षेत्रीले भब्य स्वागत गर्न पुगेका थिए ।

छोटो समयमा पनी कार्यक्रम आयोजना गरि सबै स्पेनमा रहेका संघ संस्था हरूलाई पत्रचार गर्न नसकीएपनी यसै सुचनालाई आधार मानेर सबैलाई उपस्थीत भै दिनु भई मनोरन्जन लिनु हुन आयोजक टिम सबैलाई अनुरोध गरेको छ ।

सिन्धुपाल्चोकको जलविरे मा जन्मिएकी दुलाल स्कुल लेबलको पढाई सकेर पछी पद्दम कन्या मा पढ्दै गर्दा आफ्नो सागेतीक क्षेत्रमा छुट्टै परिचय बनाउन सफल भईन, उनका मायालुले झल्को दिई रहनी, मुखैमा चिनी,वास्तै नगर्नी, झम्के फुली, फुलबु्ट्टे सारी , नाचौ सरर लगायतका गितहरू चर्चामा छन् । शारीरिक रूपमा निकै नै सुन्दर देखीने दुलाल शिक्षीका पनी हुन् । उनले अमेरीका क्यानडा बेलायत लगायत थुप्रै देशको भ्रमण गरिसकेकी छन्, बार्सिलेनामा भने यो पहिलो भ्रमण हो ।

धिरज राई पुर्ख्यौली खोटाडं जिल्ला भए पनी काठमाडौको बागबजारमा जन्मेका हुन् । अंग्रेज़ी बिषयमा मास्टर डिग्री सम्म गरेका छन् र सिभील ईन्जीनीयर सगै आर्टीटेक्चर गर्ने गर्दछन् । राई गायकको अलवा राम्रो लेक्चर पनी हुन् । राईका लुकी लुकी आखा तिमी, तिमी रूदा, तिम्मा नयन , सकेट सकेट, लगायत थुप्रै गितहरू चर्चित छन् । पहिल्यै बार्सिलोना आईसकेका राईको यो दोस्रो पटकको भ्रमण हो उनले थुप्रै देशहरूको भ्रमण गरिसकेका छन्

प्रतिक्रिया