२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

क्याट युकेले भिजिट नेपाल २०२० लाई प्रबर्धन गर्दै “नेपालको लागी पद यात्रा ” गर्ने

2001 Shares
Spread the love

लण्डन ।  ‘भिजिट नेपाल २०२०’ लाई प्रभावकारी बनाउन र धेरै भन्दा धेरै पर्यटक भित्र्याउने उदेश्यले  चितवन जिल्लाबाट बेलायत आइ बसोवास गर्ने नेपालीहरुको संस्थाका रुपमा परिचित चितवन एड ट्रस्ट (क्याट)  यूकेले नेपालको लागी पद यात्रा गर्ने भएको छ ।

सस्थाका अध्यक्ष जिबन सेन अनुसार अफिसियल कार्यक्रम मिती: १६/०२/२०२० बिहान १०:३० साउथ इस्ट लण्डन वूलविचमा  रहेको गोर्डन स्क्वायरमा सुरु हुने र पद यात्रा सोहि दिन १२ बजे  गोर्डन स्क्वायरबाट लण्डनको पर्यटकीय नगरी ग्रीनविच कट्टी सार्क सम्म हुनेछ ।

अफिसियल कार्यक्रममा बेलायतमा रहेको नेपाली राजदुतावासबाट भिजिट नेपाल २०२० बारेमा मनतब्य दिने र (क्याट)  यूकेले नेपालको बारेमा डकुमेन्ट्री देखाउने सस्थाका महासचिब टि यन रिजालले जनाए ।

पद यात्रा समापन पछि ग्रीनविच कट्टी सार्कमा  नेपाल समन्धी फ्लायर बितरण गर्ने सस्थाका सचिब उपेन्द्र पौडेले नेपाल संसारलाई बताए ।

उक्त पद यात्रामा बेलायत स्थित सम्पूर्ण संघ संस्थालाई सहभागीताको लागी चितवन एड ट्रस्ट (क्याट) यूके परिवारले  हार्दिक आव्हान गरेको छ ।

Venue :

Gordon Square Woolwich

Date : 16/02/2020   Time : 10:00 AM

प्रतिक्रिया