२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

के गर्दैछिन् ‘काउली बूढी’ लण्डनमा ?

1616 Shares
Spread the love

शिब भण्डारी

लण्डन ।  चर्चित हाँस्यकलाकार तथा गायिका सन्ध्या बुढा ‘काउली बुढी लण्डन आइपुगेकी छिन्  । युवापुस्ता माझ निकै लोकप्रिय काउली बुढी (सन्ध्या बूढा) ले आफ्नो प्रस्तुती दिने लन्डन आइपुगेकी हुन् ।

नेपाली सेलिब्रिटी काउलीबूढी  सामाजिक संजालमा  ब्यापक भाईरल मध्यका  एक कलाकार हुन् । नेपाल आइडलको अडिसनमा ‘काउली बूढी’ का रूपमा देखापरेपछि चर्चाको शिखरमा आएकी बूढाले आगामी शनिबार मगर संघको UHSB साखाको माघे संक्रान्तिमा पहिलो कार्यक्रममा सहभागी हुने भएकी हुन् ।

माघे संक्रान्तिको अवसर पारेर आउँदो शनिबार ११ जनवरीमा बेलायतमा मगर संघको UHSB शाखाले विशेष सांगितीक धमाका गर्दैछ । मगरहरुको प्रमुख पर्व माघे शक्रान्तिको अवसर पारेर प्रथम नौमती बाजा गुल्मी युके समुहको शुभसाईतसंगै मगरहरुको पौराणिक पितृ पूजाका साथै नेपालको चर्चित लोकदोहरी गायिका तथा कमिडेन हास्यकलाकार सन्ध्या बुढा (काउली बुडी ) को साथ चर्चित लोकदोहरी गायिका खिमा रोका र अन्य स्थानिय कलाकारहरूको प्रस्तुतिमा मगरहरूको संस्कृति टिपीकल कौडा, सोरठी(नचरी) घाटु नाचको लगायतका प्रस्तुति रहेको बताइएको छ ।

संघकी महिला अध्यक्ष श्रीमती हेमा राना मगरको अध्यक्षतामा बृहत छलफल कार्ययोजनामा छलफल गर्दै पुर्ण तयारी भएको जानकारी संघका महासचिव बिर बलालले दिएका छन् ।

UHSB शाखाको आयोजनामा सम्पन्न हुन लागेको उक्त कार्यक्रमको पहिलो चरणमा बिहान ११ बजेदेखी दिउसो १ बजेसम्म मगरहरूको सामुहीक पौराणिक पितृ पूजा हुनेछ भने ग्ज्क्द्य साखा महिला समुहको सयोजकत्वमा लगतै पूजाको प्रसाद ग्रहण तथा बितरण हुनेछ । त्यस लगतै औपचारिक रुपमा माघेसंक्रान्ति विशेष खानपिन तथा मनोरन्जन कार्यक्रम दिउसो ४ बजे देखी १० बजे बेलुकीसम्म हुनेछ ।

मगर संघ बेलायतका अध्यक्षले.रि सुनिल रानाको प्रमुख आतिथ्यतामा सम्पन्न हुने उक्त कार्यक्रममा स्थानिय तथा अन्य समुदायहरुका प्रतिनिधिहरुको पनि आतिथ्यता रहनेछ ।
बिषेस महत्व बोकेको माघेसक्रान्ती पर्वलाई मगर समुदायले दिवंगत आफ्ना पिता पुर्खालाई सम्झने, आफ्नो चेलीबेटीलाई अतिथि मान्ने र प्रकृतिको पूजा गर्ने पौराणिक चलन रहेकोले हरेक बर्ष यस्तो कार्यक्रमको आयोजना गरिदै आइएको छ ।

यस साखाका संरक्षक तथा सस्थापक उपाअध्यक्ष ओम थापा काउचाले आफ्नो सयोजकत्वमा एक पुजारीसहितको टिमले बिशेष पूजागर्ने तयारी भइसकेको बताएका छन् ।

यस दिनको बिशेष प्रसाद बनस्पतीमा पाईने कन्दमुल–बन तथा घर तरूल पिंडालु, गिठा, भेकुरा, जस्ता र घरबाट बनाउने परिकारमा बिषेस बारा वा बटुक रोटी र सेलरोटी अचारसहित खिचडीको प्रकारहरू हरेक बर्ष जस्तै सबै दिदी बहिनीहरूले आफ्नो स्वेइच्छाले ले पितृको नाममा ल्याउने तयारी गरेको पनि महिला अध्यक्ष श्रीमती भिमा ढेगा मगरले जानकारी दिएकी छन् ।

प्रतिक्रिया