२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

अन्तर्राष्ट्रिय धादिङ समाजले आधुनिक शिक्षाको प्रशिक्षण दिने

1271 Shares
Spread the love

काठमाडौँ । धादिङको बुढाथुम स्थित बद्रिविशाल उच्च माध्यमिक विद्यालयमा बेल्जियम बाट प्रोफेसर डा लुक कोर्ट लगायत १२ जना अनुभवी शिक्षकहरु द्वारा ६ दिनको निशुल्क आधुनिक शिक्षाको प्रशिक्षण दिने भएको छ । उक्त निशुल्क आधुनिक शिक्षाको प्रशिक्षण जनवरी ११ देखि १६ सम्म संचालन हुनेछ।

अन्तर्राष्ट्रिय भाषा, इलेक्ट्रोनिक शिक्षा, कम्पुटर शिक्षा, प्रोजेक्टर,  विज्ञान, इन्टरनेट शिक्षा,पेन्टीङ लगाएत सीप-विकास र व्यावसायिक शिक्षाको बारेमा अध्यायन गराईने, प्रवक्ता राजन खकुरालले जानकारी दिए ।

शैक्षिक गुणस्तर वृद्धि गर्न धादिङको गङ्गाजमुना गाउँपालिका–७ बुढाथुम स्थित बद्रिविशाल उच्च माध्यमिक विद्यालयमा हरेक कक्षामा विभिन्न तरिकाले बालबालिकालाई प्रशिक्षण गराईनेछ । प्रशिक्षणको संयोजक गैर आवासिय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका सह-कोषाध्यक्ष लोक दाहालले बताएका छन् ।

हाम्रो पछाडिका पुस्तालाई आधुनिकतासँग प्रतिस्पर्धी बनाउन मुख्य कडी शिक्षा भएकाले सस्था द्वारा सक्दो सहयोग गर्ने  सस्थाका अध्यक्ष नानु काजी अर्यालले बताए ।

प्रतिक्रिया