२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

पोर्चुगलमा एन्फा सदस्य केसीको सम्मान

1693 Shares
Spread the love

लिस्बन । नेपाली जनसम्पर्क समिति पोर्चुगलले यूरोप भ्रमणमा रहेका अखिल नेपाल फुटबल संघ (एन्फा) का सदस्य तथा नेपाली कांग्रेसका महासमिति सदस्य कुमार केसीलाई स्वागत तथा सम्मान गरेको छ ।

समितिका उपाध्यक्ष नवीन आचार्यको सभापतित्वमा भएको कार्यक्रममा जनसम्पर्क समितिका पूर्व अध्यक्ष लक्ष्मीप्रसाद सापकोटाले केसीलाई सम्मान गरेका थिए ।   कार्यक्रममा गैर आवासीय नेपाली संघका पूर्व अन्तर्राष्ट्रिय परिषद् सदस्य सूर्यबहादुर हमाल, पर्वत समाजका संस्थापक अध्यक्ष राजकुमार मल्ल, जनसम्पर्क समितिका सदस्यहरु विपिन अर्याल, जयभद्र सापकोटा लगायतले पनि केसीलाई स्वागत तथा सम्मान गरेका थिए ।

कार्यक्रममा केसीले नेपालको राजनीति तथा समाजका विभिन्न क्षेत्रमा सुधारका लागि विदेशमा बस्ने नेपालीहरुले पनि सहयोग तथा सुझाब दिनुपर्ने बताए ।

प्रतिक्रिया