२०८३, १४ आश्विन बुधबार
×

ट्रेन्डिङ

आर्थिक प्रतिवेदन पारित नगरि अधिवेशन गरेको एनआरएनको खर्च अवैध : आचार्य

1136 Shares
Spread the love

लण्डन । गैर आवासीय नेपाली संघका निवार्तमान उपाध्यक्ष तथा गत चुनावका अध्यक्ष पदका उपबिजेता कुल आचार्यले लण्डनमा एक पत्रकार भेटघाट कार्यक्रम संगै आफ्ना धारणा सार्जनिक गरेका छन् ।

आचार्यले नयाँ वर्षको शुभकामना आदान प्रदान गर्न आयोजना गरेको उक्त कार्यक्रममा संघको चुनाव परिणाम घोषणा भएसंगै मौन रहनु आफ्नो ब्यवसायलाई समय दिने निर्वाचित कार्यसमितिलाई निर्वाध रुपमा काम गर्न दिनु रहेको विचार व्यक्त गरेका थिए ।

बेलायत स्थित नेपाली पत्रकारहरु मार्फत आचार्यले संसारभरि रहेका गैर आवासीय नेपालीहरुमा नयां वर्ष २०२० को शुभ ब्यक्त गर्दै गैर आवासीय नेपाली संघ जस्तो सामाजिक संस्थामा नेपालमा राजनीतिक दलको हार जित संगै सरकार गठन भएर चले जस्तो पक्ष र विपक्षका आधारमा बिभाजनको रेखा कोर्ने । आफ्ना पक्षका व्यक्तिहरुलाई एकपक्षीय रुपमा नियुक्ति दिने सम्मान जनक मत सहित थोरै कम मतले पछि उप बिजेतालाई हुर्मत लिने , हरुवा भन्दै निरन्तर अपमान गर्ने काम भएको हुँदा यी तमाम बिकृति विसंगति बिरुद्ध चुप लागेर नबस्ने भन्दै आफ्ना असन्तुस्टीहरु प्रस्तुत गरे ।

पत्रकारका छुट्टा-छुट्टै प्रश्नहरुको जवाफ दिंदै आचार्यले अक्टोबरमा काठमाडौँमा सम्पन्न संघको नवौं विश्व सम्मेलन पछि नयाँ कार्यसमितिको कामलाइ लिएर संसार भरिबाट साथीहरुले फोन र संदेश पठाइ रहनुभएको कारणले पनि आफु मुख खोल्न बाध्य भएको र राम्रा कुरामा साथ् दिने तर अराजकता र बेथितिको खबरदारी गर्न नछोड्ने विचार व्यक्ति गरे । सबैको अनुरोध र संघको साख जोगाउन आवस्यक परे फेरी आगामी नेत्रित्वमा प्रतिस्प्रधा गरेर संस्थाको नेत्रित्व लिनलाई तयार रहेको भन्दै आफ्ना धारणा ब्यक्त गरेका थिए ।

चुनाव पछिको परिस्थिति सम्बन्धि पत्रकारहरुको प्रस्नमा जवाफ दिदै आचार्यले “नवौं विश्व सम्मेलनमा आर्थिक प्रतिवेदन पारित नहुनु संस्थाकै लागि दुर्भाग्यपूर्ण हो। यसले हाम्रो संस्थाको गरिमा माथि नकारात्मक असर पर्नुका साथै विभिन्न अनियमितताका समाचारहरु बाहिर आइरहेका छन्। सन् २०१८ मा आयोजित विश्व ज्ञान सम्मेलनमा काटिएको टिकट तथा होटेल बुकिङ्गको हिसाब सार्वजनिक गरिएको छैन। त्यस्तै म उपाध्यक्ष हुँदा संस्थामा २, २ ओटा सीइओ राख्दा संस्थाले धन्न सक्दैन भनेर मैले उठाएको विषय अहिले पनि रेकर्ड मै छन् । त्यस्तै सभा, सम्मेलनहरुको आयोजनामा पनि पारदर्शिता कायम गरिएको छैन। संस्थालाई भर्यांग बनाएर व्यापार गर्ने र संसार भरिका एनआरएनहरुको बिश्वास माथि कुठाराघात गर्ने प्रचलन पनि लामो समय देखि नै चलि रहेको छ। संस्थालाई सिन्डिकेट बनाउने प्रयास विरुद्ध नै मेरो उम्मेदवारी थियो। आगामी दिनमा पनि मेरो खबरदारी जारी रहने जानकारी गराउन चाहन्छु।”

हालै आइसीसीको १० घण्टा लामो बैठकले गरेको मनोनयन एकपक्षीय र पूर्वाग्रहपूर्ण भएको भनि धेरै साथीहरुको गुनासो आएको , क्षेत्रीय संयोजक (आर सी) हरुले गरेको सिफारिसलाई बेवास्ता गरी आफ्ना नजिकका मानिसहरुलाई मनोनयन गर्ने काम संस्थाको हितमा नभएको र यस्तो कामले संस्थालाई अरु कम्जोर बनाउने विचार व्यक्त गरेका थिए ।

चुनावी प्रक्रिया र असहमति सम्बन्धि अर्को प्रश्नमा आफ्ना धारणा व्यक्त गर्दै आचार्यले भने “गत विश्व सम्मेलनमा संसार भरिबाट आउनु भएका एनआरएन साथीहरुले मलाई विश्वास गरेर इतिहासकै राम्रो मत पनि दिनु भयो। संस्थापन पक्षले सयौं फर्जी मतदाताहरु खडा गरी गराएको एकपक्षीय निर्वाचनको नतिजालाइ संस्थाको बृहत्तर हितलाई हृदयंगम गर्दै मैले स्वीकार गरें। तर लाखौं एनआरएनहरुको श्रम र पसिनाले यो स्थानमा आइपुगेको यो संस्थाको साख जोगाउन हामी सबैले खबरदारी गर्नु आवश्यक छ।”

“जब सम्म चुनाव प्रक्रियालाई निस्पक्ष र पारदर्शी बनाईदैन, तबसम्म निर्वाचित पदाधिकारीहरुको वैधता सर्वस्वीकार्य हुन सक्दैन। त्यसले संस्था भित्र विश्वासको संकट कायमै रहन्छ। संस्थापन पक्षले जाल, झेल गरेर चुनाव गराउने परिपाटी रही रहे संस्था फुट र विभाजनतर्फ जाने निश्चित छ। त्यसैले एकजना पूर्व अध्यक्षको संयोजकत्वमा हालै सम्पन्न निर्वाचनको समग्र अध्ययन गरी आगामी निर्वाचन प्रक्रियालाई कसरि निस्पक्ष र पारदर्शी बनाउने भन्ने सुझाव समिति गठन गर्न म जोडदार माग गर्दछु।” एनआरएनएमा संरचनात्मक सुधार (structural reforms) गर्न र चुनाव प्रक्रियालाई निस्पक्ष र पारदर्शी बनाउन आफ्नो पूर्ण सहयोग रहने प्रतिबद्दता पनि व्यक्त गरे ।

गैरआवासीय नेपाली संघ एउटा पवित्र सामाजिक संस्था रहेको साथै धेरै गैरआवासीय नेपाली जस्तै आफुले पनि संस्थाको विकास र गैरआवासीय नेपालीको हक अधिकार सुरक्षित राख्न काम गरेको र आफु जस्ता गैरआवासीय नेपाली संघका थुप्रै सिपाहीले गर्दा यो संस्था यहाँ सम्म आएको एनआरएनए अभियन्ताले नराम्रो काम गर्दा खवरदारी गर्नु पनि सबै को कर्तब्य रहेको भन्दै सामाजिक संस्थाका रुपमा नभई प्रयोग गर्ने सस्थाका रुपमा विकास हुन जाने चिन्ता व्यक्त गरे ।

संघ प्रवासी नेपालीका सस्थाका रुपमा भन्दा पनि व्यक्तीगत फाईदामा संस्थाका दुरुपयोग हुन नपुगोस त्यसलाई रोक्न र सबै एनआरएन अटाउने संस्था बनाउन आफु जस्तो सुकै कदम उठाउन र खबरदारी गर्न नछोड्ने र हालका तमाम बिकृति विसंगति बिरुद्ध संसारभरका सचेत गैर आवासीय नेपालीहरुलाई अनुरोध गरे ।

प्रतिक्रिया