लण्डन । नेपालमा सर्वाधिक लोकप्रिय फिल्म ‘६ माया छपक्कै’ अब प्लमस्टेडका दर्शकमाझ आउने भएको छ । यूकेमा रहेको नेपलिज इन्टरटेनमेन्ट ग्रुपले जेनेवरी १८ तारिख शनिबार प्लमस्टेडको चौतारी पार्टी हलमा दोस्रो शो प्रदर्शन गर्न लागेको हो ।
आयोजकले अल्डर्सट एम्पायर हलमा पहिलो शो प्रदर्शन गरिसकेको छ । पहिलो शो को अपार सफलतापछि आयोजकले यूकेको अर्को शहर प्लमस्टेडमा उक्त चलचित्र प्रदर्शन गर्न लागेको हो । अपरान्ह ३:०० बजे फिल्म प्रदर्शन हुने जानकारी दिंदै सबै बेलायतमा रहनुहुने नेपाली दाजुभाई दिदीबहिनी हरूलाई फिल्म हेरेर मनोरन्जन लिन निम्तो दिएका छन् ।
‘छ माया छपक्कै’ दीपेन्द्र लामाले निर्देशन गरेका हुन् जसमा कलाकारहरु दीपकराज गिरी, केकी अधिकारी, प्रकाश घिमिरे, जितु नेपाल, केदार घिमिरे, सुपुष्पा भट्ट, रमा थपलिया, अनुराग कुंवर, सविन बांस्तोला, शिशिर वाङ्देल लगायतको भूमिका छ ।
फिल्मले राजनीतिलाई पूर्णतः नकारात्मक दृष्टिकोणबाट व्याख्या गरेको छ । फिल्मले गाउंमा चलिरहेको दलीय राजनीति प्रस्तुत गर्दै गाउं विकासमा दलको भर पर्न नहुने सन्देश दिएको फिल्म प्रदर्शक मध्ये एक जीवन सेनले बताए ।
हामीहरू बिदेशमा भएपनी नेपाली चलचित्रहरूको प्रवर्द्धन र विकासको लागी लागी परेका छौ सेन बताउछन् । बिगत केही बर्ष यता प्लमस्टेड लगायत यूकेका बिभीन्न शहरहरूमा लगातार नेपाली सिनेमाहरू प्रदर्शन हुदै आएका छन् ।