लन्डन । दक्षिण पूर्वि लण्डनको प्लमस्टेड वकिङ मेन्स क्लबमा जनवरी १२ अर्थात नव वर्षको दोश्रो साता आइतबार साँझ ५ बजे चलचित्र “शुभलव” देखाइने भएको हो । नयाँ तर चर्चित अनुहार संगै टिभी र स्टेज कार्यक्रममा जमी सकेका परिचित कलाकारहरुको जिवन्त अभिनयले चलचित्रलाई अझ सुन्दर र परिपक्व बनाएको छ ।
प्रेम , रोमान्स र कमेडीलाई मिश्रण गरेका निर्देशक सन्तोष लोहनीले नयाँ पुस्ता र पुराना पुस्ताका दुवैखाले कलाकार र फरक स्वादका अभिनयलाई बडो सुन्दर र नयाँ स्वादमा प्रस्तुत गरेका छ्न ।
युकेको पहिलो शोमा उल्लेखनीय दर्शकको उपस्थिति र चलचित्र हेरेका दर्शकको सकरात्मक प्रतिक्रिया प्राप्त भएपछि दोश्रो सो का लागि उत्साहित निर्देशक लोहनीको शुभलव बजार युरोपमा शुभ हुने चर्चा शुरु भएको छ ।
नेपालको रमणीय स्थल , प्राकृतिक र धार्मिक सम्पदाको आसपासमा छायांकन गरिएको चलचित्रले नेपाल भ्रमण बर्ष २०२० को योजनालाई पनि चलचित्रले सघाएको छ ।
शुभलवलाई १२ तारिख प्लमस्टिड वर्किङ मेन्स क्लब, १८ जनवरी रेडिङको द वेयरहाउस, २० जनवरीमा स्कटल्याण्ड र १६ मा अल्डरसटमा प्रदर्शन गरिने नेपाली भाषा , कला , साहित्य र चलचित्र प्रवद्धन गरिरहेको अन्तराष्ट्रिय नेपाली कलाकार समाज यूके च्याप्टरले जानकारी गराएको छ ।
प्रवासमा पनि पछिल्लो पटक नेपाली चलचित्रको माग ह्वातै बढेको छ । आफ्नो संस्कृति र परम्परलाई मन पराउनुको अलावा नेपाली चलचित्रको गुणात्मक सुधारले पनि प्रवासी नेपालीको नेपाली चलचित्र प्रति लगाव बढेको हो ।